News Portal

रेडियो सुन्नुहोस्

काठमाडौंबाट प्यूठान आउँदै गरेको रात्रीबस दासढुङ्गा नजिकै दुर्घटना

झुलेनी नेटवर्क२०८१ जेष्ठ १४
४७२ पटक
२०८१ जेष्ठ १४

काठमाडौंबाट प्युठान आउँदै गरेको यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मुग्लिङ–नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै एक आपसमा ठोक्किदा बसमा सवार यात्रुहरु केहि घाइते भाएका छन् ।

सोमबार राती काठमाडौंबाट प्यूठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको बस बिपरित दिसाबाट आउँदै गरेको ट्रक एक आपसमा ठोक्किएको स्वर्गद्वारी यातायात व्यवसायी समिति प्यूठानका महासचिव चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परि घाइते यात्रुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ भने एक जनाको भने मृत्यु भइसकेको श्रेष्ठको भनाई छ । तर उनका अनुसार घाइतेको पहिचान भने अझै खुलेको छैन् ।

दुर्घटना बारे थप विवरण आउन बाकी छ । अहिले घटना स्थल प्रहरी पुगेको बताइएको छ । दुर्घटना भएको थाहा पाए लगत्तै यातायात व्यवसाय समितिको टोलि घटना स्थलतर्फ जान लागेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...