News Portal

रेडियो सुन्नुहोस्

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ जेष्ठ १५
५८४ पटक
२०८१ जेष्ठ १५

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि, उक्त पार्टीका केन्द्रीय कमिटी सदस्य एवं लुम्विनी प्रदेशका पुर्व अर्थमन्त्री कृष्णध्वज खड्काले स्वर्गीय काली बहादुर केसी को निधनले पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति भएको बताए । खड्काले प्यूठानको कम्युनिष्ट आन्दोलनका अगुवाको रुपमा केसीले योगदान गरेको स्मरण गर्दै केसीकी धर्मपत्नी कमला केसी, छोराहरु जोगेन्द्र केसी, विकास केसी सहित घरपरिवारमा समवेदना प्रकट गरेका थिए ।

माओवादी केन्द्र प्यूठानका संयोजक यज्ञबहादुर के.सी. प्रभातको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अर्थमन्त्री खड्का, माओवादी केन्द्रका केन्द्रीय सदस्य सरस्वता न्यौपाने, जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी ’रोषन’, नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्ट, राजमो प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

बुद्धिजीवी मदन बहादुर केसी ले स्वर्गीय काली बहादुर केसी को योगदानको चर्चा गरेका थिए । केसी को जेठ ४ गते निधन भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...