News Portal

रेडियो सुन्नुहोस्

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ जेष्ठ १५
७०६ पटक
२०८१ जेष्ठ १५

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि, उक्त पार्टीका केन्द्रीय कमिटी सदस्य एवं लुम्विनी प्रदेशका पुर्व अर्थमन्त्री कृष्णध्वज खड्काले स्वर्गीय काली बहादुर केसी को निधनले पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति भएको बताए । खड्काले प्यूठानको कम्युनिष्ट आन्दोलनका अगुवाको रुपमा केसीले योगदान गरेको स्मरण गर्दै केसीकी धर्मपत्नी कमला केसी, छोराहरु जोगेन्द्र केसी, विकास केसी सहित घरपरिवारमा समवेदना प्रकट गरेका थिए ।

माओवादी केन्द्र प्यूठानका संयोजक यज्ञबहादुर के.सी. प्रभातको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अर्थमन्त्री खड्का, माओवादी केन्द्रका केन्द्रीय सदस्य सरस्वता न्यौपाने, जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी ’रोषन’, नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्ट, राजमो प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

बुद्धिजीवी मदन बहादुर केसी ले स्वर्गीय काली बहादुर केसी को योगदानको चर्चा गरेका थिए । केसी को जेठ ४ गते निधन भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...