News Portal

रेडियो सुन्नुहोस्

एमाले अर्घाखाँचीको अधिवेशन भोलि

झुलेनी नेटवर्क२०८१ जेष्ठ २५
४८२ पटक
२०८१ जेष्ठ २५

नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन भोलि शनिबार देखी सुरु हुँदै छ । अधिवेशन सन्धिखर्कको संगम फुटल्याण्डमा हुने एमाले अर्घाखाँचीले जनाएको छ । अधिवेशनको निम्ति भूगोल तथा विशेष ईलाकाको ६५ शाखा, २१ वटा जनसंगठन र आयोजक कमिटी बाट गरी जम्मा ५ सय ६२ जना प्रतिनिधि चयन भएका छन् । नेकपा एमाले केन्द्रीय कमिटीका सचिव तथा लुम्बिनी प्रदेश कमिटीका ईन्चार्ज पद्मा अर्याल लगायतका नेताहरु अधिवेशनको लागि अर्घाखाँची पुग्ने छन् ।

अधिवेशनले पीताम्बर भुसाल नेतृत्वको टिमलाई चयन गर्ने चर्चा समेत चलेको छ । पीताम्बर नेतृत्वको जिल्ला समितिले उपलब्धि मूलक र ऐतिहासिककाम गरेकोले पदाधिकारीमा सामान्य हेरफेर गरेर पुनः उनकै नेतृत्वमा नयाँ कमिटी चयन गर्नुपर्ने एमालेका बहुसंख्यक नेता तथा कार्यकर्ताको भनाई छ । उनिहरुले पार्टीलाई संकट पर्दा भाग्ने,बखेडा झिक्ने र अधिवेशनको समयमा मलाई चाहियो भन्दै भ्रमजालको खेति गर्नेहरु प्रति सचेत बन्नु पर्ने बताउँछन् । प्रभावशाली र ओजिला नेताहरुले अध्यक्ष भुसाल नै फेरी अध्यक्ष बन्नु पर्ने बताई रहँदा केही नेताहरुले भने चर्चाकै लागि भएपनि आफुलाई अध्यक्षको प्रत्यासी वताउने गरेको एमाले कार्यकर्ताको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...