News Portal

रेडियो सुन्नुहोस्

एमाले अर्घाखाँचीको अधिवेशन भोलि

झुलेनी नेटवर्क२०८१ जेष्ठ २५
६१४ पटक
२०८१ जेष्ठ २५

नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन भोलि शनिबार देखी सुरु हुँदै छ । अधिवेशन सन्धिखर्कको संगम फुटल्याण्डमा हुने एमाले अर्घाखाँचीले जनाएको छ । अधिवेशनको निम्ति भूगोल तथा विशेष ईलाकाको ६५ शाखा, २१ वटा जनसंगठन र आयोजक कमिटी बाट गरी जम्मा ५ सय ६२ जना प्रतिनिधि चयन भएका छन् । नेकपा एमाले केन्द्रीय कमिटीका सचिव तथा लुम्बिनी प्रदेश कमिटीका ईन्चार्ज पद्मा अर्याल लगायतका नेताहरु अधिवेशनको लागि अर्घाखाँची पुग्ने छन् ।

अधिवेशनले पीताम्बर भुसाल नेतृत्वको टिमलाई चयन गर्ने चर्चा समेत चलेको छ । पीताम्बर नेतृत्वको जिल्ला समितिले उपलब्धि मूलक र ऐतिहासिककाम गरेकोले पदाधिकारीमा सामान्य हेरफेर गरेर पुनः उनकै नेतृत्वमा नयाँ कमिटी चयन गर्नुपर्ने एमालेका बहुसंख्यक नेता तथा कार्यकर्ताको भनाई छ । उनिहरुले पार्टीलाई संकट पर्दा भाग्ने,बखेडा झिक्ने र अधिवेशनको समयमा मलाई चाहियो भन्दै भ्रमजालको खेति गर्नेहरु प्रति सचेत बन्नु पर्ने बताउँछन् । प्रभावशाली र ओजिला नेताहरुले अध्यक्ष भुसाल नै फेरी अध्यक्ष बन्नु पर्ने बताई रहँदा केही नेताहरुले भने चर्चाकै लागि भएपनि आफुलाई अध्यक्षको प्रत्यासी वताउने गरेको एमाले कार्यकर्ताको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...