News Portal

रेडियो सुन्नुहोस्

मोटरसाईकल र फोर्स गाडी एकआपसमा ठोक्किदा एकजना घाइते

बिबश जि.एम२०८१ श्रावण ३२
५९० पटक
२०८१ श्रावण ३२

प्यूठानमा मोटरसाईकल र फोर्स गाडी एकआपसमा ठोक्किदा एकजना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजेको समयमा प्यूठान नगरपालिका ४ जुम्रीमा एकआपसमा ठोक्किदा मोटरसाईकल चालक गम्भिर घाइते छन् । घाइते हुनेमा मोटरसाईकल चालक माण्डवी गाउँपालिका ५ तिग्राका २६ बर्षका गौतम कुवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । प्रहरीका अनुसार गम्भिर घाइते चालकको सामान्य उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

मोटरसाइकल पछाडी बसेका १८ बर्षका भेषण घर्तीको अवस्था भने सामान्य रहेको छ । फोर्स गाडी चालक गौमुखी गाउँपालिका ३ रजवाराका ४५ बर्षका जगविर बुढालाई इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी नायव निरिक्षक भक्त बहादुर सिंजालीको टोलिले नियन्त्रणमा लिएको छ । बाग्दुलाबाट जुम्री आउँदै गरेको लु ७६ प ५७०४ नं को मोटरसाइकल र जुम्रीबाट बाग्दुला जाँदै गरेको लु १ ज ३७४० नं को फोर्स गाडी एकआपसमा ठोक्किएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...