News Portal

रेडियो सुन्नुहोस्

मोटरसाईकल र फोर्स गाडी एकआपसमा ठोक्किदा एकजना घाइते

बिबश जि.एम२०८१ श्रावण ३२
३१९ पटक
२०८१ श्रावण ३२

प्यूठानमा मोटरसाईकल र फोर्स गाडी एकआपसमा ठोक्किदा एकजना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजेको समयमा प्यूठान नगरपालिका ४ जुम्रीमा एकआपसमा ठोक्किदा मोटरसाईकल चालक गम्भिर घाइते छन् । घाइते हुनेमा मोटरसाईकल चालक माण्डवी गाउँपालिका ५ तिग्राका २६ बर्षका गौतम कुवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । प्रहरीका अनुसार गम्भिर घाइते चालकको सामान्य उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

मोटरसाइकल पछाडी बसेका १८ बर्षका भेषण घर्तीको अवस्था भने सामान्य रहेको छ । फोर्स गाडी चालक गौमुखी गाउँपालिका ३ रजवाराका ४५ बर्षका जगविर बुढालाई इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी नायव निरिक्षक भक्त बहादुर सिंजालीको टोलिले नियन्त्रणमा लिएको छ । बाग्दुलाबाट जुम्री आउँदै गरेको लु ७६ प ५७०४ नं को मोटरसाइकल र जुम्रीबाट बाग्दुला जाँदै गरेको लु १ ज ३७४० नं को फोर्स गाडी एकआपसमा ठोक्किएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...