News Portal

रेडियो सुन्नुहोस्

वडा कार्यालयलाइ सेवाग्राहीहरुका गुनासै गुनासा : प्युठान न.पा. ६

सिखबर संवाददाता
१२१२ पटक

तेजेन्द्र बिएम । प्यूठान नगरपालिका वडा नं. ६ का सेवाग्राहीहरुले सेवा प्रदायक निकाय वडा कार्याललाई कार्यालयले गरेको विकास निर्माण बारे गुनासै गुनासा गरेका छन । वडा कार्यालयले गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका स्थानीयवासीले विकास निर्माण बारे गुनासो गरेका हुन् ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिले आफ्नो पाइ भेग मिलाएर मात्र विकास निर्माणका योजनाहरु छनौट गर्ने गरेको दुखेसो गरेका छन् । महिला तथा लक्षित वर्गका लागि वडा कार्यालयले बजेट नछुट्याउने र छुट्याए पनि कार्यान्वयन गर्ने नगरेको स्थानीय सावित्रा पोख्रेलले बताउनुभयो । खेलकुद, कला तथा संस्कृतिको क्षेत्रमा केन्द्र स्तरबाटै बजेट बिनियोजना भएर आएपनि वडाले कार्यान्वयन गरेको स्थानीयवासीको आरोप थियो ।

गाउँको विकासको लागि एकमुष्ट बजेट विनियोजना हुनुपर्नेमा कनिका छरेजस्तै बजेट पार्दा न्योचित विकास हुन नसकेको कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई थियो । आ.व. २०७७/०७८ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कमानसिंह पुन मगरको अध्यक्षता, नगर प्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतित्थ्यता तथा वडा सचिव सुर्य बहादुर गैरेले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

सोही अवसरमा विभिन्न कार्यक्रम तथा विकास निर्माणका उत्कृष्ठ भूमिका खेल्ने स्थानीयवासीहरुलाई वडा कायालयले सम्मान गरेको छ । विकास निर्माणमा योगदान पुर्‍याउने मोतिराम भण्डारी, महिला स्वास्थ्य स्वयंसेविका नारायणी केसी, धर्मावती मा.वि. लम्छ्याङनेटामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्मित २ कोठे भवन निर्माण उपभोक्ता समिति अध्यक्ष इमानसिंह पुन, आमडाँडा मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष बविता भण्डारी लगायतलाई सम्मान गरीएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रोे निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...