News Portal

रेडियो सुन्नुहोस्

एमसीसी पास हुने दाबी : प्रधानमन्त्री देउवा

शिवराज भट्ट२०७८ कार्तिक ०५, धनगढी
८७३ पटक
२०७८ कार्तिक ०५, धनगढी

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पास हुने दाबी गरेका छन्। सुदूरपश्चिममा बाढी पहिरोको निरीक्षणका लागि आएका प्रधानमन्त्री देउवाले शुक्रबार बिहान धनगढीमा पत्रकारहरुले राखेको जिज्ञासामा यस्तो बताएका हुन्।

‘एमसीसी पास हुन्छ, यसका बारेमा नेपालमा झुटा हल्ला फैलाइएको छ। यसमा संसोधन गर्नुपर्ने पनि केही छैन’ देउवाले भने, ‘एमसीसी ऋण होइन, अनुदान हो। कसैले सित्तैमा पैसा दिन्छुभन्दा पनि लिन्न भन्छन् यार।’

प्रधानमन्त्री देउवाले एशियाली विकास बैंक, विश्व बैंक जस्ता अन्तराष्ट्रिय निकाय पनि आफ्नो देशको कानुन अनुसार चलिरहेको बताए। ‘एमसीसी नेपालको कानुन मुनिको हो भनिसक्यो उनीहरुले, तर पनि झुटा हल्ला फैलाइएको छ। यो त ग्रान्ट (अनुदान) हो नि’ उनले भने।

‘विश्व कैंक, एडीबीहरुमा नेपालको कानुन लागु हुँदैन। कुनै मुद्धा प¥यो भने त्यसमा अन्तराष्ट्रिय कानुन लागु हुन्छ’ देउवाले भने, ‘एमसीसीका बारेमा मुद्दा परे मात्रै अन्तर्राष्ट्रिय कानुन लागु हुन्छ।’ प्रधानमन्त्री देउवाले नेपालमा एडीबि, विश्व बैंकको ऋण आइरहेको तर अनुदान आउन नदिने चलखेल भइरहेको बताए।

 

अन्नपुर्णपाेष्टबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...