News Portal

रेडियो सुन्नुहोस्

बालश्रम मुक्त घोषणा छैठाैँ बन्याे त्रिवेणी गाउँपालिका वडा नम्बर २

नवराज राना मगर२०७८ मंसिर २३ रोल्पा
६०८ पटक
२०७८ मंसिर २३ रोल्पा

त्रिवेणी गाउँपालिका रोल्पाको छैठौं वडाको रुपमा २ नम्बर वडालाई बुधबार बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

“समृद्ध समाज निर्माणका लागि शिक्षाको पहुँचमा बालबालिका, हाम्रो साझा अभियान बालश्रम मुक्त त्रिवेणी गाउँपालिका” को नारालाई आत्मसाथ गर्दै अरनिको माध्यमिक विद्यालयको प्राङ्गनबाट निस्किएको बाजा गाजा सहितको बृहत र्याली मङ्गल बजार, नुवागाउ प्रहरी चौकि, नुवागाउ स्वास्थ चौकि हुदै पुनः स्कुलको प्राङ्गणमा आएर कोण सभामा परिणत भएको थियो ।

त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कविराज वुढाको अध्यक्षतामा सुरुभएको कार्यक्रममा प्रमुख अथिति त्रिवेणी गाउँपालिकाअध्यक्ष शान्त कुमार वली, विशिष्ट अथिति त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा वुढा घर्ती, विशेष अथिति त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, अन्य अथितिहरुमा अरनिको माध्यमिक विद्यालय नुवागाउका प्रधानाध्यापक गणेश घर्ती, नेपाल शिक्षक महासघं त्रिवेणी गाउँपालिका अध्यक्ष तथा शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर घर्ती, भगवती मा.वि. दहवनका प्रधानाध्यापक पर्शुराम वली, शिव माध्यमिक विद्यालय द्वावरपानिका शिक्षक श्यामराज विक, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य अमृत वुढा, नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका अध्यक्ष शेर सिंङ बन्दिपुरे , नेपाली काङ्ग्रेसका प्रतिनिधि भुप बहादुर रोका, प्रहरी चौकी नुवागाँउका प्रहरी साहयक निरिकक्ष बसन्त बहादुर डागी, सामुदायिक रेडियो पल्लवीका साहयक प्रशासन प्रमुख अमृत वली, वडा सचिव चुडामणि देवकोटा, वडा सदस्य, गाउपालिका तथा वडाका कर्मचारी, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वन महासंघ, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, वाल कल्व, युवा कल्व, बाल अधिकारकर्मी, स्थानीयवासी, महिला समूह, आमा समुह तथा सम्पूर्ण सरोकार वालाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अवसर पारेर अरनिको माध्यमिक विद्यालयको कम्प्युटर ल्याव, हिरा स्मृति पुस्तकालय, ICT कलास भवनको पनि उत्घाटनका साथै विभिन्न टोलको पैसरु नाच, विद्यालयका विद्यार्थीको, नृत्य, गित गजल पनि प्रस्तुत गरिएको थियो । त्रिवेणी गाउँपालिका २ नम्बर वडा सदस्य धन बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन शुक्र मा.वि. का शिक्षक पर्शुराम घर्तीले गर्नुभएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...