News Portal

रेडियो सुन्नुहोस्

राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा तालाबन्दी

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा सोमबार पेपर कोर्ष कन्ट्रयाक्टका शिक्षकहरुले तालाबन्दी गरेका छन् ।

झुलेनी नेटवर्क२०७८ पुस ५, जनकपुरधाम
६७१ पटक
२०७८ पुस ५, जनकपुरधाम

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा सोमबार पेपर कोर्ष कन्ट्रयाक्टका शिक्षकहरुले तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयले उप–प्राध्यापक पदका लागि सेवा आयोगले विज्ञापन आह्वान गरेपछि उनीहरुले सेवा आयोगको कार्यालयमा ताला लगाएका हुन्। उनीहरुले सेवा आयोगका अध्यक्ष प्रा.डा. शैलेन्द्र लाभको कार्यकक्ष, सदस्य र लेखा शाखामा समेत ताला लगाएका छन् ।

आफूहरु विश्वविद्यालयको स्थापना कालदेखि नै कार्यरत रहेपनि त्यसतर्फ ध्यान नदिएर विज्ञापन आह्वान गरेको पेपर कोर्ष कन्ट्रयाक्टका शिक्षक संघका अध्यक्ष दिलिप यादवले बताए ।

‘यहाँ कार्यरत अधिकांस शिक्षकको उमेर हद पनि पूरा हुन लागेको छ’ उनले भने, ‘त्यसलाई ख्यालै नगरी नयाँ भर्नाका लागि विज्ञापन आह्वान गरेपछि हामी बाध्य भएर ताला लगाएका हौं ।’

आफूहरुलाई स्थायी गर्न पटक–पटक आग्रह गरेको र त्यसका निम्ति आन्दोलन गर्दै आएपनि त्यसलाई वेवास्ता गरेको अध्यक्ष यादवले बताए । विज्ञापन आह्वान गर्दा उमेर र अनुभवलाई पनि ग्राह्यता दिनुपर्थ्यो, त्यो पनि दिएको छैन’ अध्यक्ष यादवले भने।

 

 

अनलाइनखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...