News Portal

रेडियो सुन्नुहोस्

राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा तालाबन्दी

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा सोमबार पेपर कोर्ष कन्ट्रयाक्टका शिक्षकहरुले तालाबन्दी गरेका छन् ।

झुलेनी नेटवर्क२०७८ पुस ५, जनकपुरधाम
८०० पटक
२०७८ पुस ५, जनकपुरधाम

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा सोमबार पेपर कोर्ष कन्ट्रयाक्टका शिक्षकहरुले तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयले उप–प्राध्यापक पदका लागि सेवा आयोगले विज्ञापन आह्वान गरेपछि उनीहरुले सेवा आयोगको कार्यालयमा ताला लगाएका हुन्। उनीहरुले सेवा आयोगका अध्यक्ष प्रा.डा. शैलेन्द्र लाभको कार्यकक्ष, सदस्य र लेखा शाखामा समेत ताला लगाएका छन् ।

आफूहरु विश्वविद्यालयको स्थापना कालदेखि नै कार्यरत रहेपनि त्यसतर्फ ध्यान नदिएर विज्ञापन आह्वान गरेको पेपर कोर्ष कन्ट्रयाक्टका शिक्षक संघका अध्यक्ष दिलिप यादवले बताए ।

‘यहाँ कार्यरत अधिकांस शिक्षकको उमेर हद पनि पूरा हुन लागेको छ’ उनले भने, ‘त्यसलाई ख्यालै नगरी नयाँ भर्नाका लागि विज्ञापन आह्वान गरेपछि हामी बाध्य भएर ताला लगाएका हौं ।’

आफूहरुलाई स्थायी गर्न पटक–पटक आग्रह गरेको र त्यसका निम्ति आन्दोलन गर्दै आएपनि त्यसलाई वेवास्ता गरेको अध्यक्ष यादवले बताए । विज्ञापन आह्वान गर्दा उमेर र अनुभवलाई पनि ग्राह्यता दिनुपर्थ्यो, त्यो पनि दिएको छैन’ अध्यक्ष यादवले भने।

 

 

अनलाइनखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...