News Portal

रेडियो सुन्नुहोस्

समाजमा हुने हिंसा न्युनिकरण/निवारणका लागि सबैको सहकार्य आवश्यक

दीपा पौडेल२०७८ पुस १८ प्युठान,
३८३ पटक
२०७८ पुस १८ प्युठान,

समाजमा हुने सबै खाले हिंसा न्युनिकरण/निवारणका लागि सबैको सहकार्य आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

कोभिड ‐१९ प्रतिकार्य कार्यक्रम अन्र्तगत एकद्धार संकट व्यवस्थापन केन्द्र (ओ.सिएम.सि)र सरोकारवालाहरुको क्षमता अभिवृद्धिका लागि प्युठान नगरपालिकामा शुक्रबार र शनिबार गरि दुई दिनसम्म चलेको तालिममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन। महामारीको रुपमा फैलिएको कोभिड ‐१९ संक्रमण पछाडिको समयमा विभिन्न खाले हिंसाका घटनाहरु बढेको भन्दै समाजमा यसको निवारणका लागि सबै सरोकारवालाहरुको भुमिका अपरिहार्य रहेको उनीहरुको बुझाई छ।

कार्यक्रममा प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले समाजमा जबसम्म चेतना र सकारात्मक सोचको विकास हुँदैन तवसम्म सबै खाले हिंसा न्युनिकरणमा समस्या हुने बताईन्। उनले भनिन्‐ “नागरिक सचेत नभईकन न्युनिकरण सम्भव हुदैन,हिंसा न्युनिकरणका लागि स्थानीय तहका जनप्रतिनिधिहरुले सशक्तिकरणको पाटोमा ध्यान दिनु जरुरी छ।” उनले स्थानीय तहहरुले स्थानीय पाठ्यक्रम निर्माण गर्न लागिरहेको सन्दर्भमा यस्तो मनो सामाजिक, हिंसा न्युनिकरण र बाल विकासका सवाललाई बिशेष जोड दिनुपर्ने बताईन।

विश्व स्वास्थ्य संगठनले गरेको अनुमान अनुसार विश्वभर १८ बर्ष तलका १ सय ५० मिलियन बालिका र ७३ मिलियन बालकले यौन हिंसा भोगेका छन्। त्यस्तै विगत पछिल्लो ३ बर्ष (०७४/०७५ देखि ०७६/०७७) सम्म नेपाल प्रहरीमा उजुरी परेका यौन हिंसाका घटनाहरुमा १८ बर्षमुनिका ६२.४ प्रतिशत पिडित बालिकाहरु रहेको तथ्यांकमा उल्लेख छ।

महिलाहरु हिंसामा अत्यधिक पर्ने गरेतापनि बालबालिकाहरुले प्रतिकार गर्न र उजुरी गर्न नसक्ने हुँदा अझ बढी बाबाबालिकाहरु यौन हिंसाको शिकार हुने गरेको कार्यक्रमका सहजकर्ता तथा युनिसेफका बाल संरक्षण अधिकृत प्रकाश कैनीले बताए। उनी भन्छन्–“ बाल बालिका भविष्यका कर्णधार हुन उनीहरुको सर्वागिण विकास र संरक्षण हाम्रो दायित्व हो।” बालबालिकाहरु संरक्षणको जोखिममा परेपछि ओसिएमसिसंग प्रत्यक्ष रुपमा जोडिने भएकाले दायरा फराकिलो बनाएर बाल संवेदनशीलतालाई ध्यान दिई काम गर्नु पर्ने उनी बताउँछन।

कोभिड –१९ को महामारी पछाडी समाजमा मनोसामाजिक समस्या, आत्महत्या, लैगिंक हिंसाका घटनाहरु बढेको पाईएकाले यसको निवारण अहिलेको प्रमुख आवश्यकता भएको प्युठान अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सिद्धीमणी सुवेदीले बताए। त्यस्तै कार्यक्रममा प्युठान अस्पतालका ओसिएमसि फोकल प्रसन राधा के सीले अस्पतालमा आउने जुनसकै प्रकारको हिंसा पिडित बालबालिका,महिलाहरुलाई उनीहरुको अवस्था पहिचान गरि समस्या समाधान र उचित परामर्श दिने गरेको बताईन । साथै उनले जिल्लामा राम्रो सेफ हाउस सञ्चालन गर्न नसक्दा व्यवस्थापनमा अलि कठिनाई भएको बताईन।

सिद्धार्थ सामुदायिक विकास केन्द्रको आयोजना र युनिसेफको सहकार्यमा सञ्चालित तालिमको सहजीकरण युनिसेफका बाल संरक्षण अधिकृत प्रकाश कैनी, सिद्धार्थ सामुदायिक विकास केन्द्रका प्रबन्धक प्रकाश घिमिरे र कार्य समिति सदस्य रोमाकान्त घिमिरे लगायतले गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका ३५ जना सरोकारवालाहरुको सहभागिता थियो। विगत लामो समयदेखि संस्थाले हिंसा पिडित महिला तथा बालबालिका, कोभिड –१९ प्रभावितहरु लगायतका सामाजिक क्षेत्रमा काम गर्र्र्दै आएको संस्थाका काउन्सिलर शान्ति पण्डितले बताईन।

प्रतिकृया दिनुहोस्

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...