News Portal

रेडियो सुन्नुहोस्

पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता प्यूठानमा सुरु

मधुसुधन पोख्रेल२०७८ चैत ०५ प्यूठान
१७२१ पटक
२०७८ चैत ०५ प्यूठान

पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता अाजबाट सुरु भएको छ । नेपाल मार्सलआर्ट होप्कीडो संघ प्युठानको आयोजना, हाप्कीडो संघ प्रदेश,र केन्द्रको समोन्वय तथा माण्डवी गाउँपालिकाको सहयोगर्थमा कार्यक्रम जिल्लामा आयोजना गरिएको हो ।
सात प्रदेशका भिविन्न जिल्लाबाट सहभागि खेलाडि र प्युठानका खेलाडिहरुको उपस्थीतिमा ¥याली तथा झाकी प्रदशन गरिएको थियो । यो खेलको प्रतियोगिता केन्द्र स्तरको प्युठान जिल्लामा पहिलो पटक हो । माण्डवी गाउँपालिकाको जस्पुर स्थीत भुवनेस्वरी आधारभुत विद्यालयमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन लुम्वीनी प्रदेशसभा सदस्य हरी प्रसाद रिजालले गर्नु भएको थियो । रिजालले खेलमा आफ्नो क्षेत्रबाट खेलाडिको हौसला तथा निरन्तरता दिन आफु सधै अग्रसर रहने बताउनु भएको छ । त्यस्तै माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले खेल क्षेत्रबाट शिक्षामा धेरै प्रभाव भएको बताउनु भएको छ । रोकाले माण्डवी गाउँपालिकालाई स्वच्छ र स्वस्थ बनाउनमा पालिकाले खेल र शिक्षालाई पहिलो प्राथमिकता राखेको बताउनु भएको छ ।


कार्यक्रममा सात प्रदेशक सात टिम र विभागिय टिम गरी आठ टिमको सहभागि रहेको आयोजकले जनाएको छ । २० केजि देखि माथि ७५ केजि तौल सम्मका समुहको खेल हुने पनि आयोजकले जनाएको छ । सोहि तौल अनुसार खेलाडिलाई रजकपद,सोण र काँस्य पदक अनुसार पुरष्कारसंगै मेडल र प्रमाण पत्र प्रदान गर्ने आयोजकको भनाई छ खेल सोमबार सम्म रहने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...