News Portal

रेडियो सुन्नुहोस्

राजमोलाई यसपाली एमालेले काँध थाप्दैनःथापा

झुलेनी नेटवर्कचैत्र, ६ ,२०७८
७९६ पटक
चैत्र, ६ ,२०७८

नेपकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले एमाले प्यूठानले राजमोलाई प्यूठानमा बोक्दा बोक्दा काँध दुखेकाले आगामी निर्वाचनमा राजमोलाई गहना लाइदिनेगरि नबोक्ने बताएका छन् ।
प्रसे चौतारी नेपाल प्यूठान शाखाले आईतबार एमाले पार्टी कार्यालय बिजुवारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिकोरुपमा बोल्दै थापाले पार्टीमा ठूलो संख्यामा राजमो पार्टी परित्यग गरेर आएका नेता कार्यकर्ताको भावनालाई ठेस लाग्नेगरि राजमोसंग चुनाबी तालमेल नहुने बताएका हुन् ।
प्यूठानका संघिय सांसद दुर्गा पौडेललाई आपूmहरुले झन्डै २८ हजार मत दिएर विजय गराएपछि राजनीतिक बइमानी गरेको आरोप थापाले लगाए । एमाले प्यूठानले स्थानीय तह लक्षित ९ वटै स्थानीय तहमा गरेको एक महिने पार्टी पशिक्षण भेला तथा संगठन सुद्ढिकरण अभियानबारे अध्यक्ष विजयविराज बिष्टले जानकारी गराए ।

पार्टीले चलाएको यो अभियानमा प्यूठानमा विभिन्न पार्टी परित्याग गरी झन्डै ४५ सय जना एमाले पार्टीमा प्रवेश गरेको अध्यक्ष बिष्टले बताए । पत्रकार सम्मेलनको अध्यक्षता प्रसे चौतारी नेपाल प्यूठान शाखाका अध्यक्ष बाशुदेव गिरीले गरेका थिए भने सञ्चालन सचिब डिलबहादुर दसौदीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...