News Portal

रेडियो सुन्नुहोस्

राजमोलाई यसपाली एमालेले काँध थाप्दैनःथापा

झुलेनी नेटवर्कचैत्र, ६ ,२०७८
५४२ पटक
चैत्र, ६ ,२०७८

नेपकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले एमाले प्यूठानले राजमोलाई प्यूठानमा बोक्दा बोक्दा काँध दुखेकाले आगामी निर्वाचनमा राजमोलाई गहना लाइदिनेगरि नबोक्ने बताएका छन् ।
प्रसे चौतारी नेपाल प्यूठान शाखाले आईतबार एमाले पार्टी कार्यालय बिजुवारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिकोरुपमा बोल्दै थापाले पार्टीमा ठूलो संख्यामा राजमो पार्टी परित्यग गरेर आएका नेता कार्यकर्ताको भावनालाई ठेस लाग्नेगरि राजमोसंग चुनाबी तालमेल नहुने बताएका हुन् ।
प्यूठानका संघिय सांसद दुर्गा पौडेललाई आपूmहरुले झन्डै २८ हजार मत दिएर विजय गराएपछि राजनीतिक बइमानी गरेको आरोप थापाले लगाए । एमाले प्यूठानले स्थानीय तह लक्षित ९ वटै स्थानीय तहमा गरेको एक महिने पार्टी पशिक्षण भेला तथा संगठन सुद्ढिकरण अभियानबारे अध्यक्ष विजयविराज बिष्टले जानकारी गराए ।

पार्टीले चलाएको यो अभियानमा प्यूठानमा विभिन्न पार्टी परित्याग गरी झन्डै ४५ सय जना एमाले पार्टीमा प्रवेश गरेको अध्यक्ष बिष्टले बताए । पत्रकार सम्मेलनको अध्यक्षता प्रसे चौतारी नेपाल प्यूठान शाखाका अध्यक्ष बाशुदेव गिरीले गरेका थिए भने सञ्चालन सचिब डिलबहादुर दसौदीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...