News Portal

रेडियो सुन्नुहोस्

गाैमुखीमा पहिराेले पुरिदा एक जना बेपत्ता

सिखबर संवाददाता प्यूठान साउन, ३०
१११७ पटक
प्यूठान साउन, ३०

प्यूठान जिल्ला गौमुखी गाउँपालिका वडा नं ४ साविककाे पुजा गाविस पातालेखर्क जाडगाउँमा खसेको पहिरोले मंगलबार राति ३ घरगोठ पुरेको प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । स्थानीय देवबहादुर सुनारको घरगोठ र झगे विकको घर पहिरोले पुरेको हो ।

पहिरोमा परेर ३५ वर्षीय झगे विक बेपत्ता भएका हुन् । सोही पहिरोमा ७ वटा बाख्रा र ४ भैंसीसमेत बेपत्ता भएको जानकारी प्राप्त भएकाे छ । स्थानीयका अनुसार अन्य ७ वटा घरसमेत पहिरोको उच्च जोखिममा रहेकाे बताएका छन ।

घटनाको बिस्तृत जानकारी लिन र उद्धारका लागि बुधवार बिहानै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षककाे उद्दार टोली घटना स्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो । अहिले घटनाको क्षतिको विवरण संकलन र उद्धार कार्य भैरहेकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...