News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जिल्लाका एक डाेजर चालक अर्घाखाँचीमा मृत अवस्थामा

झुलेनी पाेष्ट२०७९साउन१७, प्यूठान
३३३ पटक
२०७९साउन१७, प्यूठान

प्यूठान जिल्लाका एक युवक अर्घाखाँची जिल्लामा मृत अवस्थामा भेटिएका छन । गौमुखि गाउँपालिका ४ पुजा निवासी डोजर चालक कुशल के.सी. मृत अवस्थामा भेटीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

चालक के.सी. भुमिकास्थान नगरपालिका १० नं वडा स्थित तल्लापाकु भन्ने स्थानमा मृत अवस्थामा भेटिएका हुन् । प्यूठानबाट ब्यवसायिक कामका शिलशिलामा अर्घाखाँची गएका उनी ३ दिनदेखि परिवारको सम्पर्कमा थिएनन् । मृतक के.सी.सँग गएका टुक बहादुर के.सी.का अनुसार यो घटना हत्या गरीएको आशंका गरीएको छ । हत्या हुनुपुर्व व्यवसायिक कामका लागि गएका ब्यक्तिहरुसँग रकम असुलिका क्रममा केहि विवाद भएको र उनी भागेर प्यूठान फर्केका थिए । घटना स्थलमा मृत अवस्थामा भेटिएका उनको जुत्ता खोलिएको खोलिएको भेटिएको, जुत्ताभित्र खाली पर्स राखिएको, मृत अवस्थामा घोप्टो परी फेला परेको उनको शव नजिकै मुवाइल राखिएको, दुबै कान च्यातिएको, खुट्टाको बुढि औला काटीएको र आँखा मुनि घाउ चोट लागेको प्यूठानबाट घटना स्थल पुगेका महेन्द्र चन्दले  जानकारी दिए । ब्यवसायिक कामको शिलशिलामा अर्घाखाँची गएका के.सी. व्यवसायिक काम वापतको असुल पैसा उठाउनका लागि प्युठानबाट गएका थिए । घटना स्थलको प्रकृति हेर्दा प्यूठानबाट अर्घाखाँची गएका मृतकका आफन्तले शुनियोजित रुपमा हत्या गरीएको आशंका गरेका छन । मृत अवस्थामा भेटिएको के.सि.को स्थानीय र प्रहरीको सहयोगमा शवलाइ पोष्टमार्टमका अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...