News Portal

रेडियो सुन्नुहोस्

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा खेलाडी छनौट प्रकिया सुरु

झुलेनी पोष्ट२०७९, भदौ १७, प्यूठान
१०६१ पटक
२०७९, भदौ १७, प्यूठान

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा आजदेखी खेलाडी छनौट प्रकिया सुरु भएको छ । जिल्ला खेलकुद विकास समिती प्यूठानले शुक्रबार नवौ राष्ट्रिय जिल्ला खेलाडी छनौट कार्यक्रमको आयोजना गरि खेलाडी छनौट प्रकिया सुरु गरेको हो । जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धर्मबहादुर जिसीले कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय मेडेल प्राप्त गर्ने लक्ष्यका साथ उत्कृष्ट खेलाडी छनौट गर्नुपर्नेमा जोड दिए ।

जिल्लाका नौ वटै स्थानीय तहका करिब ३ सय खेलाडीहरु छनौट कार्यक्रममा सहभागी भएका छन् । खेल ८ वटा विधामा खेलाईएको छ । समितीले खेलाडी छनौटका लागि पूण्यखोला कर्भडहल, स्वर्गद्धारी बहुमुखी क्याम्पस र विजुवार खेल मैदानमा विभिन्न खेलहरु संचालन गरेको छ । खेलाडी छनौट आज र भोली गरि दुई दिन गरिने जिल्ला खेलकुद विकास समिती प्यूठानले जनाएको छ ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखी कार्तिक ३ गते सम्म गण्डकी प्रदेश पोखरामा संचालन हुदै छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...