News Portal

रेडियो सुन्नुहोस्

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा खेलाडी छनौट प्रकिया सुरु

झुलेनी पोष्ट२०७९, भदौ १७, प्यूठान
१२७८ पटक
२०७९, भदौ १७, प्यूठान

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा आजदेखी खेलाडी छनौट प्रकिया सुरु भएको छ । जिल्ला खेलकुद विकास समिती प्यूठानले शुक्रबार नवौ राष्ट्रिय जिल्ला खेलाडी छनौट कार्यक्रमको आयोजना गरि खेलाडी छनौट प्रकिया सुरु गरेको हो । जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धर्मबहादुर जिसीले कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय मेडेल प्राप्त गर्ने लक्ष्यका साथ उत्कृष्ट खेलाडी छनौट गर्नुपर्नेमा जोड दिए ।

जिल्लाका नौ वटै स्थानीय तहका करिब ३ सय खेलाडीहरु छनौट कार्यक्रममा सहभागी भएका छन् । खेल ८ वटा विधामा खेलाईएको छ । समितीले खेलाडी छनौटका लागि पूण्यखोला कर्भडहल, स्वर्गद्धारी बहुमुखी क्याम्पस र विजुवार खेल मैदानमा विभिन्न खेलहरु संचालन गरेको छ । खेलाडी छनौट आज र भोली गरि दुई दिन गरिने जिल्ला खेलकुद विकास समिती प्यूठानले जनाएको छ ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखी कार्तिक ३ गते सम्म गण्डकी प्रदेश पोखरामा संचालन हुदै छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...