News Portal

रेडियो सुन्नुहोस्

जन्मदिन विशेष “यस्तै छ स्वास्थ्य अवस्था “

डा.राजन नेपाल २०७९ भदौ, १८ प्यूठान
११४१ पटक
२०७९ भदौ, १८ प्यूठान

बिचार बिमर्शसँग रम्दै खेल्दै पौरखी हातलाई आत्मसात गर्दै ,कयौ चुनौती पार लगायी चुनौतीसँग प्रतिस्पर्धा गर्दै जीवन मेरो तेरोको सङ्घर्शमा बाजि थाप्दै एकोहोरो सपनालाई पुनर्जीवित गर्दै गोडमेल गर्दै आज म तिमिलाई खोल्न बाध्य भएको छु ।

Dear कलम !

सुर्यदय र त्यसका साथ–साथै गासिएको मेरा महाभारत रूपी ईच्छ्याहरु र एउटै चाहना “मेरो बिरामीको अनुहारमा देखिने त्यो आशारुपी हाँसो“
एउटा गलेको अनुहार ,फाटेको चोलोको साथमा ५ ठाउमा सलाईले गासेको त्यो हात्तीछाप चप्पल ,पटुकाको छेउमा टिमिक्क बाधेको त्यो सुर्के थैलि ,अनि म निको हुन्छु है भन्ने त्यो ठूलो आशा !
छेउमै भाद गाउले टोपी । कालो रंगको इज्जत ढाकिने दौरा सुरुवल । १० ठाउमा फुटेको ती कुर्कुचा, अनुहारहरु मलिन स्वभाबका । प्रस्टै झल्किने ती काजिका ऋणहरु ! लाग्छ कि निकै पिछडियका !
भौतारिदै भगवानको शरणमा हिडेका जस्ता ……

डाक्टर बाबु नमस्ते ।   झल्यास्स बिउँझिए … इएम्टेबलको छेउबाट आवज आइरहेको रहेछ । नमस्ते आमा बुबा । उमेरले ४ बीस काटेका दुईजना बृद्धलाई अगाडि देखे ।
कथित समस्याहरु जुन बोल्नै नपर्ने रहेछन् ,प्रस्टै झल्कने रहेछ । सुरुवात खोकी बाट ….

डा.बाबु जमानामा दुई प्याकेट चुरोट त एकै दिनमा सक्थे, तमाखु मस्त तानियो, हट्टा कट्टा नै थिए । गाग्रीको पानी जुरुक्क उचाल्थे । अहिले त एक लोटा पानि उचाल्न पनि गारो पर्छ बाबु ,उकालो त के तेर्सो बाटो पनि हिंड्नै सक्दिन ,पाइलाहरु अगाडि सर्दैनन् । आमाका अनुहारमा प्रस्ट झल्किन्थे यी समस्याहरु ,भलाकुसारी गर्ने प्रयास गर्दै थिय । मेरो कलम आमाका घाउहरु  (prescription) मा लेख्न कसरत गर्दै थिए ।

मनमा कुरा खेल्दै थिय ,रोग त मस्तै छिपिसकेछ । बड्डिलाई चोट त मस्तै रहेछ । दम भनी गाउँ घरमा नाङ्गलो अ‍ौसधी पसलबाट टन्न अ‍ौसधी खानु भएछ । तर जातिबिदी अ‍ौसधीले आमालाई झन असर गरेको देखियो । (Oxygen) थेरापी सहित केहि Inhaler को साथमा आमालाई बिदा गरे चुरोट फेरि नखाने सर्तमा ।

त्यसैगरि क्रमश.. टाढा बाटै नमस्कर डा.साब । जातिबिदि यो कोखो र कन्नो (ढाड) दुखेर मर्नै लागे । के चाहि गरिन मैले,धामि झाक्री देखाए ,बोको काटे, कुखुरा काटे, २० को १९ भएन । उल्टो जन्मेको बच्चालाई ढाडमा हिर्काउन लगाए सन्चो हुन्छ कि भनेर तर माछो मरेन । लौन डा. साब चिरिप्यै सन्चो बनाउनु परो (थोरै हाँसे म) उल्टो जन्मेको बच्चाले ढाडमा लात्तीले हानो भने ढाड दुखेको सन्चो हुन्छ भन्ने बिश्वास अझैपनि हाम्रो गाउँ घरमा प्रचलित रहेछ ।

कठै बरा लु हेरत ! भिडीयो  X –ray  गराइयो !  १२.५ mm को पथ्थरीले सताको भेटियो । तुरुन्त OT को लागि NPO सहित रिफर गरियो । अहिले अपरेसन पछी ठिक छिन सुन्तली दिदी । बेलाबेला गुन्द्रुक र तामा सहित ओपिडी भेट्न आउछिन दिदी ।

काँहाली लाग्दो छ हाम्रो स्वास्थ्य अबस्था Antibiotics चक्लेट सरि बिकाईएका छन् । Resistant हुन्छ भन्ने ज्ञान नभाकै हो त् ।

यस्तै हो भने कहिले हुन्छ स्वास्थ्यमा क्रान्ति ??

चुनौती धेरै छन् । देशमा स्वास्थ क्रान्ति लेराउन नसक्नु हाम्रो दुर्भाग्य । हजारौं रोगको साथमा जीवन मरणको अबस्थामा पुगेका छन् ती आमा बुबाहरु ,छटपटाइरहेका छन् ती चेलिबेटीहरु तर बिडम्बना स्वास्थ्यमा दीप प्रजोनन् भने पटक्कै भएको पाइएन , खोइ त स्वास्थ्य चेतना ?

बास्तबमा हामी कति पछाडि छौ है स्वास्थ्य छेत्रमा ?
केही सोच्ने बेला पक्कै आएको छ । स्वास्थ्य मा नवीन परिवर्तनको खाँचो छ । स्वास्थ्य प्रणाली रुपान्तरणको बिन्दुमा आज सम्पुर्ण स्वास्थ्यकर्मी हातेमालो गर्दै अगाडी बढ्न अत्यन्त जरुरी देखिएको छ । तसर्थ सम्पुर्ण स्वास्थ्यकर्मीहरुमा बिरामीप्रति बफदारी र बिरामीवर्गको आधारभुत आबस्यकता परिपुर्ति गरि रोगहरु निस्कृय गर्न लावालस्करका साथ आगाडी बड्नु पर्ने देखियो, स्वास्थ्यकर्मीद्वारा निर्मित स्वास्थ प्रणाली र स्वास्थ्यको पुनस्थापनाको नीति बनाई व्यबहारमा उतारे कति राम्रो हुन्थ्यो होला……लामो सास तान्दै OPD table मा बस्दै थिय  Dear  कलमको साथमा । फेरि ढोकाबाट नमस्ते डा.बाबु डा.बाबु…………………।
यस्तै चल्दै छ डाक्टरी पेशा ।
डा.राजन नेपाल
MBBS -DU
हाल प्युठान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...