News Portal

रेडियो सुन्नुहोस्

नवौ राष्ट्रिय खेलकुदका लागि प्यूठानबाट ८ विधामा खेलाडी छनौट

झुलेनी पोष्ट २०७९ भदौ, १९ प्यूठान
१४४० पटक
२०७९ भदौ, १९ प्यूठान

आगामी असोज २८ गते देखी कार्तिक ३ गते सम्म पोखरामा संचालन हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता लागि प्यूठानबाट ८ वटा विधामा खेलाडी छनौट गरिएको छ ।

जसअन्तर्गत भलिबल खेलतर्फ महिला, पुरुष १२ /१२ जना खेलाडी, कपर्डि प्रतियोगितातर्फ महिला, पुरुष १०/१० जना, फुटबल प्रतियोगितातर्फ पुरुष १४ जना, क्रिकेट प्रतियोगितातर्फ १५ जना, ब्याडमिन्टन प्रतियोगितातर्फ ३ जना पुरुष खेलाडी, एथलेटिक्थस खेलतर्फ महिला, पुरुष खेलाडीहरु १० जना, कराते प्रतियोगितातर्फ महिला, पुरुष ४/४ जना खेलाडी, टाईगन टु खेलतर्फ महिला, पुरुष ४/४ जना खेलाडी छनौट गरिएको जिल्ला खेलकुद विकास समिती प्यूठानका उपाध्यक्ष विमल प्रसाद पोख्रेलले जनाकारी दिए ।

उनका अनुसार ८ वटा विधामा जिल्लाका नौ वटै स्थानीय तहका १सय२ जना खेलाडीहरु छनौट गरिएको छ । यस्तै वैकल्पीक तर्फ ८ वटै विधाका लागि २/२ जना खेलाडीहरु छनौट गरिएको छ ।

अबको एक हप्ता सम्म खेल संचालन गरि छनौट गरिएका खेलाडीहरु मध्येबाट पनि उत्कृष्ट खेलाडी छनौट गर्ने उपाध्यक्ष पोख्रेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...