News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न

बिबश घर्ति मगर१६ पुष २०७९
५८९ पटक
१६ पुष २०७९

प्यूठान नगरपालिकाले आयोजना गरेको तेस्रो अन्तर मा.बि स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड तेस्रो दिन आज सम्पन्न भएको छ । १४ गते देखी सुरु भएको कार्यक्रम आज समाप्त भएको हो ।
१०० मिटर दौडमा छात्र पब्लिक आवासिय मा.वि क्वाडी प्रथम, भुवनेश्वरी मा.बि खैरा द्धितीय, जनता मा.बि बाग्दुला तृतीय तथा छात्रा तर्फ ने.रा.मा.टारी प्रथम, भुवनेश्वरी मा.बि खैरा द्धितीय, र जनता मा.बि बाग्दुला तृतीय भएको । २०० मिटर भएको दौडमा छात्र भुवनेश्वरी मा.बि खैरा प्रथम, पब्लिक आवासिय मा.वि क्वाडी द्धितीय, क्षेत्रबिकास मा.वि पुण्यखोला तृतीय भएकोमा छात्रामा भुवनेश्वरी मा.बि खैरा प्रथम, क्षेत्रबिकास मा.वि पुण्यखोला द्धितीय, जनता मा.वि बास्बोट तृतीय भयो । अर्काे ४०० मिटरको दोडमा छात्र जनता मा.बि बाग्दुला प्रथम, पब्लिक आवासिय मा.वि क्वाडी द्धितीय, भुवनेश्वरी मा.बि खैरा तृतीय हुँदा छात्रामा जनता मा.बि बाग्दुला प्रथम, शिद्ध मा.बि जुर्मिकाडा द्धितीय र भुवनेश्वरी मा.बि खैरा तृतीय भएको छ ।

मुक्ति मा.बि रातामाटा प्रथम

त्यस्तै ८ सय मिटरको दौडमा छात्रा तर्फ जनता मा.वि बाग्दुला प्रथम, बालविद्या मा.वि मजुवा मरन्ठाना द्धितीय, भुवनेश्वर मा.वि खैरा तृतीय भए सँगै छात्रमा जनता मा.वि बाग्दुला प्रथम, मुक्ति मा.वि रातामाटा द्धितीय, अनि क्षेत्रबिकास मा.वि पुण्यखोला तृतीय भएको हो । १५ सय दौडमा छात्रा तर्फ मुक्ति मा.वि रातामाटा प्रथम, जनता मा.वि बाग्दुला द्धितीय र भुवनेश्वर मा.वि खैरा तृतीय भएको छ भने छात्र तर्फ बालविद्या मा.वि मजुवा मरन्ठाना प्रथम, जनता मा.वि बाग्दुला द्धितीय र धर्मावती मा.बि लम्च्याङ तृतीय भएको छ । ३ हजारको दौडमा छात्रा तर्फ जनता मा.बि बाग्दुला प्रथम, धर्मावती मा.बि माझकोट द्धितीय, बालबिद्या मा.बि खैरा तृतीय भएको छ भने छात्रमा क्षेत्रबिकास मा.वि पुण्यखोला प्रथम, मुक्ति मा.वि रातामाटा द्धितीय, र जनता मा.बि बाग्दुला तृतीय भएको हो ।

जनता मा.बि द्धितीय

लङ्गजम्पमा छात्रा तर्फ क्षेत्रबिकास मा.वि पुण्यखोला प्रथम, भुवनेश्वर मा.वि खैरा द्धितीय, जनता मा.वि बाग्दुला तृतीय तथा छात्रमा पब्लिक बोर्डिङ प्रथम, भुवनेश्वर मा.वि खैरा द्धितीय, मुक्ति मा.वि रातामाटा तृतीय भएको छ । हार्ईजम्प तर्फ छात्रामा जनता मा.वि बाग्दुला प्रथम, जानकी मा.वि चितिखोला र मुक्ति मा.वि रातामाटा द्धितीय, तथा भुवनेश्वर मा.वि खैरा तृतीय भएको हो भने छात्र तर्फ क्षेत्रबिकास मा.वि पुण्यखोला प्रथम, भुवनेश्वर मा.वि खैरा द्धितीय, बालविद्या मा.वि मजुवा मरन्ठाना तृतीय भयो । त्रिपलजम्प छात्रामा भुवनेश्वर मा.वि खैरा प्रथम, बालविद्या मा.वि मजुवा मरन्ठाना तथा मुक्ति मा.वि रातामाटा द्धितीय र जनता मा.वि बाग्दुला तृतीय भयो भने छात्र तर्फ भुवनेश्वर मा.वि खैरा प्रथम, जनता मा.वि बाग्दुला द्धितीय, क्षेत्रबिकास मा.वि पुण्यखोला तृतीय भएको हो । अर्काे भएको रिले दौडमा छात्र जनता मा.बि बाग्दुला प्रथम, मुक्ति मा.बि रातामाटा द्धितीय, जनता मा.बि बाग्दुला तृतीय हुँदा छात्रा तर्फ भुवनेश्वरी मा.बि प्रथम, बालबिद्या मा.बि द्धितीय र शिद्ध मा.बि जुर्मिकाडा तृतीय भएको छ ।

जनता मा.बि प्रथम

सटफुट थ्रोमा छात्र जनता मा.बि प्रथम, मुक्ति मा.बि रातामाटा द्धितीय, शिद्ध मा.बि जुर्मिकाडा तृतीय भएको छ भने छात्रामा मुक्ति मा.बि रातामाटा प्रथम, बालबिद्या मा.बि खैरा र जनता मा.बि बाग्दुला द्धितीय, क्षेत्रबिकास मा.बि पुण्यखोला तृतीय भएको हो । त्यस्तै ज्यापलिङ थ्रो अन्तर्गत छात्र क्षेत्रबिकास मा.बि पुण्यखोला प्रथम,मुक्ति मा.बि रातामाटा द्धितीय,जनता मा.बि बाग्दुला तृतीय भएपछि छात्रामा मुक्ति मा.बि रातामाटा प्रथम,जनता मा.बि बाग्दुला द्धितीय र शिद्ध मा.बि जुर्मिकाडा तृतीय भएको छ । एथलेटिक्स खेलमा छात्र तर्फ जनता मा.बि बाग्दुला प्रथम, भुवनेश्वरी मा.बि खैरा द्धितीय, क्षेत्रबिकास मा.बि पुण्यखोला तृतीय भएको हो ।

मुक्ति मा.बि रातामाटा द्धितीय

त्यस्तै भलिबल तर्फ छात्र मुक्ति मा.बि रातामाटा प्रथम, जनता मा.वि बाग्दुला द्धितीय र जनता मा.वि बास्बोट तृतीय भयो भने छात्रा तर्फ जनता मा.वि बाग्दुला प्रथम, मुक्ति मा.बि रातामाटा द्धितीय हुँदा भुवनेश्वरी मा.बि खैरा तृतीय भएको छ । यो बर्षको राष्ट्रपति रनिङ शिल्डको उपाधिमा पहिलो जनता मा.बि बाग्दुला, द्धितीय भुवनेश्वरी मा.बि खैरा र तृतीय भएको मुक्ति मा.बि रातामाटा ले शिल्ड जितेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...