News Portal

रेडियो सुन्नुहोस्

दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव गरिने

झुलेनी पोष्ट०६ माघ २०७९
८३७ पटक
०६ माघ २०७९

प्युठानको झिमरुक गाउँपालिका अन्तर्गत पर्ने लालिगुरास रंगशाला दिहाल्नामा दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव २०८० संचालन गरिने भएको छ ।

शुक्रबार दिहाल्नामा भएको तीन पालिकाको अन्तरक्रिया कार्यक्रमले झिमरुक,नौबहिनी र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा आगामी बैशाख १ गते देखि ७ गते सम्म दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव संचालन गर्ने निर्णय भएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिए । उनका अनुसार तीन पालिकाको संगम स्थलमा निर्माणाधीन लालिगुरास रंगशाला क्रिकेट मैदानलाई प्रदेश स्तरीय रंगशाला निर्माण गर्न प्रदेश र संघ सरकारलाई तिनवटै स्थानीय तहको संयुक्त पहलम योजना माग गर्ने सहमति भएको बताए ।


दिहाल्ना पर्यटन पुर्वाधार बिकासको लागि झिमरुक (७ र ८, वडाको दिहाल्ना र हलहले गौमुखी (६, वडाको दिहाल्ना, बुक्तीचौर र नौबहिनी (६, वडा लुङको बिकुटा थाम, हलहलेलाई समेटेर खेलकुद तथा पर्यटन पुर्वाधार निर्माण गर्न तिनैवटै पालिकाले आफ्नो प्रतिबद्धता जनाएका छन् । दिहाल्ना पर्यटन पुर्वाधार निर्माण गर्न संयुक्तरूपमा विस्तृत गुरुयोजना डिपिआर तयार गर्ने समेत सहमति भएको छ ।


दिहाल्ना खेलकुद पर्यटन बिकास कार्यक्रमका संयोजक गोबिन्द गिरीले कार्यक्रममा लालिगुरास रंगशाला खेलकुद मैदानको पुर्वाधार बिकास र यस क्षेत्रको दीर्घकालीन रुपमा पर्यटन बिकस गर्ने उदेश्य बारे अन्तरक्रिया कार्यक्रममा जानकारी गराएका थिए । दिहाल्नामा पर्यटनको प्रचुर सम्भावना भएकोले यहाँको बिकासमा सहयोग गर्न तिनै तहका स्थानीय सरकारका प्रमुखहरुलाई संयोजक गिरीले आग्रह गरेका थिए । तिनवटै पालिकाका अध्यक्ष र उपाध्यक्षहरुले यहाँको पर्यटन बिकासको सबै सम्भावनाहरुको पहिचान गरि आवश्यकताको आधारमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको वडा अध्यक्ष तुलस बहादुर बस्नेतले बताए ।


झिमरुक गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापा, उपाध्यक्ष विष्णा थापा र गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी, उपाध्यक्ष महाबिर राना नौबहिनी गाउँपालिका वडा नम्बर ४ र ६ का वडा अध्यक्षहरु भिम बहादुर घर्ती, मान बहादुर के।सी।,त्यस्तै गौमुखी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष चन्द्रबहादुर खत्री र पालिकाका प्रमुख प्रशासकीय अधिकृत वडा सदस्यहरु स्थानीय जनता लगाएतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...