News Portal

रेडियो सुन्नुहोस्

एउटा खेलले मात्र उपलब्धि हासिल गर्न सकिन्न – प्रतिनिधि सभा सदस्य थापा

बिबश जि एम१६ माघ २०७९
७५० पटक
१६ माघ २०७९

प्रतिनिधि सभा सदस्य सुर्य थापाले एकपटकको खेलले मात्र उपलब्धि हासिल गर्न नसकिने बताएका छन । माण्डवी गाउँपालिकामा सोमबार देखी सुरु भएको प्रथम राष्ट्रपति रनिङ शिल्डको उदघाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । खेलले हरेक पटकको समय खोजेको भन्दै एकपटकको खेलले मात्र उच्च स्थानमा पुग्न नसकिने बताउदै त्यसको लागि कैयौ पटक कोसिस गर्न आवश्यक रहेको बताए । खेलाडी, खेल एम्पायर, खेल शिक्षकहरू, सबैले अनुशासित बाताबरण प्रबर्द्धन गरेर माण्डवीमा भएको यो कार्यक्रमले जिल्ला भरिमै राम्रो संदेश दिने खालको अनुकरणीय काम बनाउने सबैको दायित्व भएको समेत उनको भनाई छ । जिल्लामा भएका सबै स्थानीय तहमा राम्रा खेल मैदान, पूर्वाधारहरु, स्टेडियमहरु बनाउनु पर्ने आवश्यक रहेको पनि उनले बताए छन् । त्यस्तै फरक प्रसगंमा थापाले सोही कार्यक्रममै जिल्लामा भइरहेको चोरको विगविगीको कुरालाई निकाल्दै चोर पत्ता नलाग्नु दुखको कुरा भएको व्यक्त गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले खेलकुद भनेको यूवाहरुलाई गतिशिल बनाउने, अनुशासित बनाउने, देश निर्माणमा टेवा पु¥याउने माध्यम भएको बताए । उनले खेलकुदका क्लबहरु वडा हुँदै पालिका स्तरीय सम्म क्लब गठन गरि पालिकामा रहेको खेलकुद शाखाले समन्वय गरेर अगाडी बढेमा खेलकुदको बिकास गर्नमा पनि सहयोग पुग्ने धारण राखे । खेलकुद बिकासको लागि सामाजिक संस्थाको रुपमा अघि बढाउने खण्डमा संस्था दर्ता ऐनले पनि दर्ता गर्ने प्रावधान रहेको भन्दै संघिय, प्रदेश, स्थानीय तहबाट पनि आवश्यक समन्वय र सहकार्य गरेर खेलकुदलाई अगाडी बढाउन सुझाव पनि दिए ।


संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले संसारमा सबैभन्दा बढि चिनिने भनेको खेलाडी नै रहेको भन्दै राष्ट्रिय खेलाडी देशको अमुल्य गहना भएको बताएछन् । हिजोका दिनमा गाउँबस्तीबाट नै खेल खेल्दै आफ्नो श्रम, क्षमता र प्रतिभालाई अगाडी बढाउदै लगेर अहिले अन्तराष्ट्रिय खेलाडी बनेको खेलाडीलाई सम्झना दिलाएका छन् ।
प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माण्डबि गाउँपालिकामा सोमबार देखी सुरु भएको छ । कार्यक्रम माघ १८ गते सकिने भएको हो । कार्यक्रममा ५ विद्यालयका लागि १३ विद्याका खेलहरु हुने भएको हो ।

माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारीले खेललाई अनुशासित बनाए मात्र हाम्रो गौरव बढ्ने बताए । त्यस्तै उहाँले तीन तहको सरकारको सम्बन्ध नङ मासुको जस्तै बनाएर अगाडी बढ्न सकेमा सिंगो प्यूठान जिल्ला सहित माण्डवी गाउँपालिका विकास सम्भव गर्न सकिन पनि बताएका छन् ।


स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ संचालन भएको हो । कार्यक्रमको माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारी को अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सांसद सुर्य थापा, बिशिस्ट अतिथिमा संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी, प्यूठान जिल्ला क्षेत्र न १ बाट निर्वाचित प्रदेश सभा माननीय सांसद तुल्सिराम शर्मा, अतिथिहरुमा जिल्ला समन्वय समिति उपप्रमुख दुर्गा रेग्मी, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल, गाउपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी रहेका थिए ।

कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गरेका हुन् ।


कार्यक्रममा स्थानीय राजनैनिक दलका प्रतिनिधि, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवम जनप्रतिनिधिहरु,विभिन्न सरकारी कार्यलयका प्रमुखहरु, पत्रकार, विभिन्न संघ(संस्थाका प्रतिनिधि, शिक्षक,बिद्यार्थी लगायतका जनसमुदायको उपस्थिति रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...