News Portal

रेडियो सुन्नुहोस्

बाग्दुलामा जीप दुर्घटनामा ५ जना घाइते

बिबश जि एम०२ फागुन २०७९
४१५ पटक
०२ फागुन २०७९

प्यूठान नगरपालिका ८ वाग्दुलाको हाडिगैरामा जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका ४ बाट खरिबोट जादै गरेको बा ०१०२७ च ७८१६ नम्बरको जीप आज (मंगलबार) दिउँसो २ ः ५० मा दुर्घटना भएको हो ।

जीप अचानक ब्रेकफेल भई अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी सुशिल थापाले जानकारी दिए । सडक देखि करिब एक सय मिटर तल खसि दुर्घटना हुँदा जीपमा सवार चालक सहित ५ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

घाइतेहरु प्यूठान नगरपालिका १० खरिबोटका ५४ गाडी चालक बालाराम गिरी, बर्ष ७९ को रबिलाल गिरी, बर्ष ७० कि हेमा गिरी, झिमरुक गाउपालिका ६ दहखोला बस्ने बर्ष ७५ को नन्दलाल गिरी, बर्ष ७४ कि पुना गिरी गरि ५ जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...