सृजन बहुउद्देश्यीय प्रा.ली र ग्लोबल ओरियन्स नेपाल प्रा.ली द्धारा नौबहिनी गाउँपालिका २ मा आगलागि पीडितलाई राहत वितरण गरेको छ ।
नौबहिनी गाउँपालिका २ लिघा सिलिखनका आगलागि पीडित जय बहादुर पुन मगरलाई दुई सस्थाद्धारा राहत उपलब्ध गराएको हो ।
गत चैत्र ३० गते पुनको घरमा आगलागि भएको थियो ।
गलागिबाट अन्न, लत्ताकपडा, भाडाँकुडा लगायतका सामानहरु जलेर नष्ट भएको थियो ।
आगलागि पीडित पुनलाई सृजन बहुउद्देश्यीय प्रा.ली र ग्लोबल ओरियन्स नेपाल प्रा.ली ले खाद्यान्न, भाडाँकुडा, लत्ताकपडा लगायतका सामानहरु उपलब्ध गराएको संस्थाका सदस्य लिल बहादुर पुन मगरले जानकारी दिए ।