प्यूठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । प्यूठान नगरपालिका ७ टिकुरी निवासी ५८ बर्षका कमल के.सी को करेन्ट लागेर मृत्यु भएको हो ।
आइतबार दिउँसो २ बजे कुलोबाट मोटरको सहायताबाट पानी तानेर आफ्नो करेसाबारीमा लगाउने क्रममा के.सीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक सुशिल थापाले जानकारी दिए ।
उपचारको क्रममा जिल्ला अस्पतालमा के.सीको मृत्यु भएको निरिक्षक थापाले जनाए ।