News Portal

रेडियो सुन्नुहोस्

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता नौबहिनीमा सुरु

बिबश जि.एम२०८० पुष १
६९० पटक
२०८० पुष १

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता नौबहिनी गाउँपालिकामा सुरु भएको छ । गाउँपालिकाको आर्थिक बर्ष ०८०/०८१ स्वीकृत बार्षिक कार्यक्रम अनुसार अन्तर स्थानीय तह स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८० सञ्चालन गर्ने निर्णय अनुसार आइतबार आजदेखि खेल सुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सासंद तुल्सिराम शर्माले प्रतियोगिताको उद्घाटन गर्दै खेल क्षेत्रलाई विकास गर्नको लागि सबै राजनितिक दल एकजुट भएर लाग्नु पर्ने बताए । खेल क्षेत्रलाई राजनितिकिकरण गर्दा खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन नसक्दा खेल क्षेत्र नै पछि परेको भन्दै यस्तो कार्य कोही कसैले पनि नगर्न सासंद शर्माले सबैलाई आग्रह समेत गरेका छन् ।

प्रतियोगितामा झिमरुक गाउँपालिका बाहेक जिल्लाका ८ स्थानीय तह, राप्ती गाउँपालिका दाङ, सुनिल स्मृति गाउँपालिका रोल्पा र बर्दघाट नगरपालिका नवलपरासी गरी ११ टिम सहभागि भएको नौबहिनी गाउँपालिकाका सूचना अधिकारी मेघराज बोहराले जानकारी दिए । उनका अनुसार खेल पुस ३ गते सम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, द्धितियलाई १ लाख र तृतिय हुनेलाई ५० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...