News Portal

रेडियो सुन्नुहोस्

जसले सबैलाई चकित पार्दै दौडिन

झुलेनी नेटवर्क२०८० फागुन २
१४७४ पटक
२०८० फागुन २

प्यूठान नगरपालिका–४, स्थित गणतान्त्रिक खेलकुद मैदानमा भर्खरै मात्र जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहबाट ३/४ सयको संख्यमा खेलाडि सहभागि भएका थिए । तर, प्रतियोगिता हेर्न आएका धेरै दर्शकको नजर भने गौमुखी गाउँपालिका–३ रजवारीका अन्जली मल्लमा पर्‍यो । सुरुमा यती सानी नानीले के दौड्न सक्लिन भन्नेहरु पछि दंग परे । उनले धेरैलाइ उछिन्दै प्रथम भइन् । खरा माध्यामिक विद्यालय रजबारामा कक्षा ८ मा अध्ययनरत १३ वर्षीय मल्लले सबैलाई चकित पार्दै ३ हजार मिटरको दौडमा उमेरसंगै जिउडालले भरिएका प्रतिस्पर्धीलाई पछाडी पार्दै प्रथम भइन ।

यसपालि मात्र होइन उनी गतवर्ष पनि प्रथम भएकी थिइन । बुबा जितबहादुर र आमा तुलसा मल्लको अन्जली महिली छोरी हुन् । अन्जली मल्लका बुबा आमा सामान्य कृषक हुन । गत वर्ष खरा माध्यामिक विद्यालयबाट दौडमा विजय हुँदै गौमुखी गाउँपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम भएकी थिइन । त्यसले अन्जलीलाई प्यूठान जिल्ला खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर मिलााएको थियो ।

गत वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३ हजार मिटर दौडमा प्रथम भएर लुम्बिनी प्रदेश स्तरीय खेलमा समेत सहभागी हुने अवसर समेत उनलाई मिलेको थियो । उनि सानै देखि विहान घरको काम गरी विद्यालय जाने र विद्यालयबाट फर्किएपछि घरायसी काम गर्ने गरेको स्थानीय जोगेन्द्र मल्लले बताए । उनी पढाईमा पनि त्यत्तिकै अब्बल छिन् । गत वर्ष जिल्ला स्तरीय प्रतियोगितमा प्रथम भएकाले अन्जलीलाई गौमुखी गाउँपालिकाले प्रोत्साहन वाफत ३० हजार रुपैयाँ नगद समेत प्रदान गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...