नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारमा आँखा शिविर सम्पन्न भएको छ । आँखा अस्पताल बिजुवारको आयोजनामा भएको शिविरमा ४० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको आँखा अस्पताल बिजुवारले जनाएको छ । बिहिबार भएको शिविरमा २६ महिला र १४ पुरुष गरि ४० जना आँखाको मोतियाबिन्दु भएकाहरुको शल्यक्रिया गरिएको आँखा अस्पताल बिजुवारकी प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन् ।
भैरहवाका नेत्र विशेषज्ञ सहितको टिमले विरामीहरुको चेकचाँज तथा शल्यक्रिया गरिएको आँखा अस्पतालले जनाएको छ । आँखा अस्पताल बिजुवारले प्रत्येक महिनाको १ दिन शिविर सञ्चालन गर्दा आँखाका रोगीहरुले नियमित जसो सेवा लिन पाएका छन् ।