News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु

बिबश जि.एम२०८० फागुन २०
३७५ पटक
२०८० फागुन २०

सरुमारानी गाउँपालिकामा स्थानीय तहमा लागु भएका विभिन्न मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

लिकामा हुने विभिन्न सूचकहरुलाई सहि ढंगले अगाडी बढाउँदै पालिका राम्रो र उत्कृष्ट बनाउन आइतबारबाट २ दिने अभिमुखिकरण कार्यक्रम गरिएको सरुमारानी गाउँपालिका ४ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता चिन्ता सोमै मगरले जानकारी दिए । उनका अनुसार आइतबार भएको पहिलो दिनको कार्यक्रममा स्थानीय तहले प्राप्त गर्ने विभिन्न सूचकहरुको मुल्यांकनको बारेमा छलफल र स्थानीयत तहको संस्थागत स्वमुल्यांकन, वित्तीय व्यवस्थापन लगायतका बारेमा छलफल तथा जानकारी गराईएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमको उदेश्य माथी गाउँपालिकाका प्रमुख पशासकीय अधिकृत देविराम पाठकले प्रकास पारेको प्रवक्ता सोमेले जानकारी दिए । अभिमुखिकरण कार्यक्रम भोलि सोमबार सम्म सञ्चालन हुने भएको छ ।

गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपाध्यक्ष बसन्ता खड्का, कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका प्रमुख, जनप्रतिनिध, कर्मचारी लगायतको सहभागित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...