News Portal

रेडियो सुन्नुहोस्

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानलाई निःशुल्क जग्गा प्राप्त

झुलेनी नेटवर्क२०८० चैत २४
७६५ पटक
२०८० चैत २४

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानलाई निःशुल्क जग्गा प्राप्त भएको छ । शुक्रबार प्यूठान नगरपालिका वडा नं ४ जाल्पाटोल निवासी लोकमणी भण्डारीले जिल्ला सहकारी संघको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् ।

स्व. पिता हरि र आमा कालिका भण्डारीको स्मृतिमा जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको भवन निर्माणका लागि करिब २ आना बराबरको जग्गा उपलब्ध गराएको संघका अध्यक्ष सुशील पोख्रेलले जानकारी दिए । अध्यक्ष पोख्रेलका अनुसार जग्गा निःशुल्क प्राप्त भएसँगै भवन निर्माणका लागि आधार तय भएको छ ।

लामो समयदेखि मुक्ति माध्यामिक बिद्यालय रातामाटामा शिक्षकको रुपमा कार्यरत लोकमणि भण्डारी पछिल्लो समयमा सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...