News Portal

रेडियो सुन्नुहोस्

शैक्षिक गुणस्तर अभिबृद्विका लागि विद्यालयस्तरमा अन्तरक्रिया

झुलेनी नेटवर्क२०८१ जेष्ठ ४
९७१ पटक
२०८१ जेष्ठ ४

नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ । शैक्षिक सत्रमा पालिका भित्रका कमजोर विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गाउँ सरकारसंग शिक्षक, अभिभावक र विद्यार्थी कार्यक्रम अन्तरगत अन्तरक्रिया गरेको छ ।

गत शैक्षिक सत्रको बार्षिक नतिजामा कमजोर रहेका विद्यालयमा गएर शैक्षिक गुणस्तर अभिबृद्धिका लागि बाधक बनेका बिषयमाथि छलफल गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताए । थापाले भने ’हामीले शिक्षा क्षेत्रको वास्तविक धरातल के छ भनेर यथार्त नतिजा प्रकाशित गरेका हौँ । आफ्नो वास्तविक नतिजा पहिचान नगरी परिबर्तन सम्भव छैन ।’
पालिका अध्यक्ष थापाले जनताबाट उठाएको करबाट राज्यको तलव खाएर अबोध बालबालिका माथि खेलवाड नगर्न शिक्षकहरुलाई निर्देशन गरेका छन् । जसले कमजोरी गर्छ उसले सजाय भोग्नै पर्ने भन्दै उनले सो बिषयमा गाउँपालिका आवस्यक नीति सहित कठोर बन्ने पनि बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले अभिभावकले विद्यालयमा आएर आफ्ना छोराछोरीको वास्तविक शैक्षिक अवस्था बेलाबेलामा बुझ्नु पर्ने, अनुगमन गर्ने, कमिकमजोरी ओैँल्याउने जस्ता काममा सकृय हुनु पर्नेमा जोड दिए । पर्याप्त आधार हुँदाहुँदै विभिन्न बाहनाबाजि गर्दै शैक्षिक उपलब्धिको बिषयमा ध्यान नदिने विद्यालय प्रशासक र शिक्षकहरु प्रति पालिका अब कठोर बन्ने उनको भनाई छ ।

विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थी सहभागी भएको कार्यक्रममा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अभिभावक, शिक्षक र विद्यार्थीको भुमिका के हुने भन्ने बिषयमा शिक्षा विकास समन्वय ईकाई प्यूठानका पुर्ब प्रमुख बिज्ञ शिव पण्डितले प्रशिक्षण गरेका थिए । यस्तै शिक्षा क्षेत्रमा भएका राम्रो अभ्यास गरिरहेका विद्यालयको उदाहरण सहित अभिभावक र शिक्षक बिचको भुमिकाका बिषयमा बरिष्ठ पत्रकार गिरु भण्डारीले प्रशिक्षण गरेका थिए । सरी प्रकाश आधारभुत विद्यालय स्याउलिवाङ्ग, गुरुभक्त आधारभुत विद्यालय फोप्ली मैरामारे र अन्धनाशक मा बि लिघाले कक्षा ८ को परिक्षामा १ जना विद्यार्थी पनि उत्रिर्ण गराउन सकेका थिएनन् ।

गाउँपालिकाको सहयोग र सरोकार संचार तथा मानव संशाधन विकास केन्द्रको आयोजनामा तीनवटा विद्यालयमै गएर गाउँपालिका अध्यक्ष दिल बहादुर थापा, उपाध्यक्ष बिष्णा थापा, प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेल, शिक्षा शाखा प्रमुख मेघराज बोहोरा सहित जिल्ला शिक्षा विकास समन्वय ईकाई प्यूठानका पुर्ब प्रमुख शिव पण्डित, पत्रकार महासंघ प्यूठानका पुर्ब अध्यक्ष गिरु प्रसाद भण्डारी, पत्रकार मधुसुदन भण्डारी सहितको टोलिले विद्यालयको आवश्यक अनुगमन गरी अभिभावक, शिक्षक र विद्यार्थी बिच शैक्षिक गुणस्तर अभिबृद्धिका सवालमा अन्तरकृया सम्पन्न गरेको हो । अन्तरकृया कार्यक्रम जेष्ठ १ देखि ३ गते सम्म भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...