News Portal

रेडियो सुन्नुहोस्

चितवन बस दुर्घटना : थप एक पुरुषको मृत्यु

झुलेनी नेटवर्क २०८१ जेष्ठ १४
६३८ पटक
२०८१ जेष्ठ १४

नारायणगढ–मुग्लिन सडकमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा थप एक जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको मृत्यु भएको हो । उनको उपचारका क्रममा सोमबार बिहान ८ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

आइतबार उपचारको क्रममा पुरानो मेडिकल कलेजमा प्यूठानको नौबहिनी गाउँपालिकाका ३ का १३ वर्षीय स्वयम पुनको मृत्यु भएको थियो । अन्य २० जना घाइतेहरूको उपचार भईरहेको छ ।

गएराति १२ बजे चितवनको भरतपुर नगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकको सत्र किलो भन्ने ठाउँमा काठमाडौंबाट प्यूठान आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायगढबाट मुग्लिन जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौंबाट महोत्तरीको बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौं जादै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको थियो ।

डिएसपी रिजालका अनुसार ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको हो । यसबारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए ।
उपचारपछि डिस्चार्ज भएका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–५ बस्ने २६ वर्षीय सुवास कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

उपचाररत घाइतेहरु
१. प्युठान नौबहिनी गा.पा–७ बस्ने बर्ष २८ को सुधन केसी
२. प्युठान नपा–१० बस्ने बर्ष ३६ को निरज केसी
३. प्युठान मल्लरानी गा.पा–२ बस्ने बर्ष ३६ की निर्मला भुषाल
४. प्युठान गौमुखी गा.पा–७ बस्ने बर्ष २५ को सुरज सुनार
५. प्युठान झिमरुक गा.पा–७ बस्ने बस्ने बर्ष २८ को पुरन गिरि
६. प्युठान न.पा–८ बस्ने बर्ष २० को समिर केएम
७. प्युठान सारुमारानी गा.पा–४ बस्ने बर्ष ३६ को तारापती बुढाथोकी
८. प्युठान सारुमारानी गा.पा–४ बस्ने बर्ष ३५ की मुनादेवि बुढाथोकी
९. प्युठान एरावती गा.पा–६ बस्ने बर्ष ५६ की मनदेवि थापा
१०. प्युठान बस्ने बर्ष ६० को पदम थापा
११. प्युठान न.पा–१० बस्ने बर्ष २१ को सुशिल केसी
१२. प्युठान न.पा–४ बस्ने बर्ष बर्ष १७ की प्रतिभा भण्डारी
१३. प्युठान न.पा–८ बस्ने बर्ष १८ की सलिसा थापा
१४. प्युठान न.पा–१ बस्ने बर्ष ३८ को प्रकास केसी
१५. प्युठान न.पा–८ बस्ने बर्ष ५३ की पार्वता केसी
१६. प्युठान नौबहिनी गा.पा–३ बस्ने बर्ष ३२ को गौरव झाक्री अबस्था
१७. प्युठान गौमुखि गा.पा–३ बस्ने बर्ष २९ को दिपक सुनार
१८. प्युठान न.पा–८ बस्ने बर्ष २५ को सन्तोष केसी
१९. अर्घाखाँची सितगंगा न.पा–८ बस्ने बर्ष ४९ लाम बहादुर दर्लामी
२०. अर्घखांची सितगंगा न.पा–८ बस्ने बर्ष २९ की पबित्रा दर्लामी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...