News Portal

रेडियो सुन्नुहोस्

स्थापना दिवसको अवसरमा ३ जना विरामीको नि:शुल्क शल्यक्रिया

बिबश जि.एम२०८१ जेष्ठ १८
५९६ पटक
२०८१ जेष्ठ १८

राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसको अवसरमा ३ जना विरामीको नि:शुल्क शल्यक्रिया गरिएको छ । शुक्रबार संघको पाचौं स्थापना दिवसको अवसरमा राष्ट्रिय दलित पत्रकार संघ प्युठानको समन्वयमा प्युठान अस्पतालले ३ जना अस्पतालमा उपचाररत विरामीको  निःशुल्क शल्यक्रिया गरेको हो ।

अन्य दिनहरुमा पनि आर्थिक अवस्था कमजोर भएका दलित तथा गैरदलित बिरामीहरुको शल्यक्रिया निःशुल्क गरिदै आएको  प्युठान अस्पतालका हार्डजोर्नी तथा नसारोग विशेसज्ञ डाक्टर राजेन्द्र पौडेलले वताए । उनका अनुसार विशेष गरि  दिवसको अवसरमा नसा काटेको, हात भाचिँएको र हातमा रड राख्नुुपर्ने प्रकृतिका बिरामीको शल्यक्रिया गरिएको जानकारी दिए । कार्यक्रममा शुभकामना आदानप्रदान सहित विरामीहरुलाई फलफूल वितरण समेत गरिएको  राष्ट्रिय दलित पत्रकार संघ प्युठानका उपाध्यक्ष बोम वहादुर परियारले बताए ।

कार्यक्रममा प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टले राष्ट्रिय दलित पत्रकार संघ समुदायको लागि सशक्त रुपमा अगाडी बढ्न जरुरी रहेको बताए । संविधानले सबैलाई समान रुपमा लिएको बताउँदै अध्यक्ष विष्टले कोही तल र माथी हुन नहुने बताए । कार्यक्रमका प्रमुख अथिती समेत रहेका  विष्टले अस्पतालको बृहत विकासको लागि पत्रकारको अहम भूमिका हुने भन्दै यसका सकारात्मक र नकारात्मक सबै पक्षलाई औल्याउनुपर्ने  बताए।

त्यस्तै कार्यक्रममा वोल्दै प्रेस चौतारी नेपाल प्युठानका अध्यक्ष बासुदेव गिरीले पत्रकारिता क्षेत्रलाइ थप व्यवस्थित गदैै जनताको सारथीको रुपमा विकास गर्नुपर्ने वताए । उनले पछिल्लो समय पत्रकारीतामा देखिएका कैयन विकृति विसंगती अन्त्यको लागी सम्पुर्ण पेसाकर्मि एकताबद्ध हुनुको विकल्प नरहेको वताए । कार्यक्रममा बोल्ने बक्ताहरुले दलित पत्रकारले आन्दोलनको समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । राष्ट्रिय दलित पत्रकार संघ नेपालले नयाँ आयाम सुरुवात सँगै पत्रकारहरुको हितको लागि बोल्दै आईरहेको वक्ताहरुको भनाइ छ ।

कार्यक्रममा जिल्ला अस्पताल बिजुवार प्यूठानका प्रमुख प्रमिला खनाल, अस्पतालका हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल, प्रेस सेन्टर नेपाल  जिल्ला शाखा इन्चार्ज हरि प्रसाद भण्डारी लगायतले मन्तब्य राखेका थिए । स्थापना दिवसका अवसरमा अस्पतालमा भर्ना भएका ४० वढि विरामीलाइ फलफुल वितरण गरिएको हो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्यूठानका उपाध्यक्ष बोम बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रविन विश्वकर्माले गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...