News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा गाडी दुर्घटना, आठ जना घाइते

बिबश जि.एम२०८१ असार ९
८४ पटक
२०८१ असार ९

प्यूठानमा गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको लागि छुटेको लु १ प ८०५१ नं को बोलेरो पिकअप जिप आइतबार साँझ करिब साढे ७ बजेको समयमा नौबहिनी गाउँपालिका ४ खवाङको सुत्लावाङमा दुर्घटना भएको हो ।

उकालो चढ्ने क्रममा ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने नौबहिनी गाउँपालिका ३ का वडाध्यक्ष दिल बहादुर के.सीले जानकारी दिए । उनका अनुसार बाटोदेखि ६ मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल विजुवार पठाईएको वडाध्यक्ष के.सी को भनाई छ ।

इलाका प्रहरी कार्यालय बहानेबाट प्रहरीको टोली घटना स्थलमा आउने तयारीमा रहेको अध्यक्ष के.सीले बताए । थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्

हंसपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन साधना के.सीले आफनो जन्मदिन क्षयरोग विरामीसँग मनाईन

सरुमारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन साधना के.सीले आफनो जन्मदिन क्षयरोग विरामीसँग मनाएकी...

प्रचण्डले पाएनन् विश्वासको मत

१८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सत्ताबाट बाहिरिएका छन् । प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको...

‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी सञ्चालनमा रोक

‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाईएको...

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस त्रिशुली नदीमा मिसायो

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले २ वटा बस बगाएको छ । शुक्रबार बिहान साढे ३...

यूवा गैरसरकारी संस्था महासंघ प्यूठान शाखा अध्यक्षमा प्रज्वल पहाडी

यूवा गैरसरकारी संस्था महासंघ प्यूठानको भेला सम्पन्न भएको छ । मंगलबार जुम्रीमा भएको भेलाले प्रज्वल...