News Portal

रेडियो सुन्नुहोस्

प्युठानको सरुमारानी गाउँपालिकाले विद्यालय बस सञ्चालन ग¥यो , बस सञ्चालनमा आएसंगै विद्यार्थी र अभिभाव खुसि

सिखबर संवाददाताप्युठान,३ पुस
१५१३ पटक
प्युठान,३ पुस

प्युठानमा एउटा गाउँपालिकाले विद्यालय बस सञ्चालन गरेको छ । जिल्लाको सरुमारानी गाउपालिकाले जिल्लामै पहिलो पटक एक सरकारी विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सुविधाका लागी स्कूल बस सन्चालनमा ल्याएको हो । सरुमारानी गाउँपालिका वडा नं ४ स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुको सुविधाका लागि वस संचालन गरिएको हो ।
प्युठान भालुवाङ सडकमा दिनहुं पैदल आउजाउ गर्दा विद्यार्थीको सुरक्षा चुनौती वढेको र टाढाका विद्यार्थीहरुलाई ध्यानमा राखेर बागेखोला बडडाडा स्कुल वस संचालनमा ल्याईएको सरुमारानी ४ का वडा अध्यक्ष चिन्त बहादुर सोमैले बताए। विद्यालयलाई बस आवश्यक देखियो त्यसैले बस सञ्चालन ग¥यौ अध्यक्ष सोमैले भने,– ‘अभिभावकहरूले पनि आफ्नो बच्चा स्कूल पुग्यो कि पुगेन भनेर चिन्ता हुन्छ । विद्यालय छुट्टी भएपछि घर नआउने जस्ता समस्याबाट मुक्त गराउन हामीहरूले योजनाका साथ गाडी राखेको हो ।’
बस सञ्चालन गर्न रु ४ लाख भन्दा वढी रकम विनियोजन
सरुमारानी गाउँपालिकाले चालु आर्थिक बर्षमा विद्यालय बस संचालनका लागि ४ लाख ४४ हजार ४४५ रुपैया बिनियोजन गरिएको थियो। टाढाका बिध्यार्थीलाई लक्षित गरि स्कुल बस संचालन गरेको गाउपालिकाले जनाएको छ।गाउपालिकाभित्रका मोतिपुर, ठाडिओदार, छत्तिवन दमार कुडुले गाउँका ७० भन्दा धेरै बालबालिका ५ घण्टा बढि समय पैदल हिडेर बिद्यालय आउजाउ गर्दै आएका थिए । गाउँकै बुद्ध प्राबिबाट कक्षा ५ उत्तिर्ण गरेका बिध्यार्थी निमाबि र माबी तहको शिक्षा हासिल गर्न जनता माबि बडडाडाँ पुग्नैपर्ने बाध्यता छ । विद्यालयका प्रधानाध्यापक योग कुमार पाण्डेले गाउपालिकाले स्कुल बस संचालन गर्दिए पछि बिध्यार्थिहरुलाई राहत मिल्ने बताए । यसले छात्रछात्राको पढाइमा समेत प्रगती हुने बिश्वास लिएका छौ।उनले भने,–‘ अधिकांश अभिभावकले छोराछोरी विद्यालयमा ल्याउन र पु¥याउन समय नभएर यहाँ पढाउन वञ्चित भएका थिए । ’
बस सञ्चालनमा आएपछि विद्याथी र अभिभावक खुसी
विद्यालयमा बस सेवा सुरु भएपछि यस क्षेत्रका विद्यार्थी र अभिभावक खुसि भएका छन् । अभिभावकहरुले यस अघि विद्यालय बस संचालन गर्न माग गर्दै आए पनि कहिकतैबाट सुनुवाई भएको थिएन । विद्यालय बस सेवा सन्चालनमा ल्याईएपछी टाढाटाढाबाट पढन आउन जान विद्यार्थीहरुलाई सुविधा मिलेको अभिभावकहरुले बताएका छन् । जसले गर्दा अभिभावकहरू पनि आफ्ना बालबच्चा गाडीमा विद्यालय जान पाएपछि सुरक्षाको महशुस गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...