News Portal

रेडियो सुन्नुहोस्

प्युठानको सरुमारानी गाउँपालिकाले विद्यालय बस सञ्चालन ग¥यो , बस सञ्चालनमा आएसंगै विद्यार्थी र अभिभाव खुसि

सिखबर संवाददाताप्युठान,३ पुस
१४०० पटक
प्युठान,३ पुस

प्युठानमा एउटा गाउँपालिकाले विद्यालय बस सञ्चालन गरेको छ । जिल्लाको सरुमारानी गाउपालिकाले जिल्लामै पहिलो पटक एक सरकारी विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सुविधाका लागी स्कूल बस सन्चालनमा ल्याएको हो । सरुमारानी गाउँपालिका वडा नं ४ स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुको सुविधाका लागि वस संचालन गरिएको हो ।
प्युठान भालुवाङ सडकमा दिनहुं पैदल आउजाउ गर्दा विद्यार्थीको सुरक्षा चुनौती वढेको र टाढाका विद्यार्थीहरुलाई ध्यानमा राखेर बागेखोला बडडाडा स्कुल वस संचालनमा ल्याईएको सरुमारानी ४ का वडा अध्यक्ष चिन्त बहादुर सोमैले बताए। विद्यालयलाई बस आवश्यक देखियो त्यसैले बस सञ्चालन ग¥यौ अध्यक्ष सोमैले भने,– ‘अभिभावकहरूले पनि आफ्नो बच्चा स्कूल पुग्यो कि पुगेन भनेर चिन्ता हुन्छ । विद्यालय छुट्टी भएपछि घर नआउने जस्ता समस्याबाट मुक्त गराउन हामीहरूले योजनाका साथ गाडी राखेको हो ।’
बस सञ्चालन गर्न रु ४ लाख भन्दा वढी रकम विनियोजन
सरुमारानी गाउँपालिकाले चालु आर्थिक बर्षमा विद्यालय बस संचालनका लागि ४ लाख ४४ हजार ४४५ रुपैया बिनियोजन गरिएको थियो। टाढाका बिध्यार्थीलाई लक्षित गरि स्कुल बस संचालन गरेको गाउपालिकाले जनाएको छ।गाउपालिकाभित्रका मोतिपुर, ठाडिओदार, छत्तिवन दमार कुडुले गाउँका ७० भन्दा धेरै बालबालिका ५ घण्टा बढि समय पैदल हिडेर बिद्यालय आउजाउ गर्दै आएका थिए । गाउँकै बुद्ध प्राबिबाट कक्षा ५ उत्तिर्ण गरेका बिध्यार्थी निमाबि र माबी तहको शिक्षा हासिल गर्न जनता माबि बडडाडाँ पुग्नैपर्ने बाध्यता छ । विद्यालयका प्रधानाध्यापक योग कुमार पाण्डेले गाउपालिकाले स्कुल बस संचालन गर्दिए पछि बिध्यार्थिहरुलाई राहत मिल्ने बताए । यसले छात्रछात्राको पढाइमा समेत प्रगती हुने बिश्वास लिएका छौ।उनले भने,–‘ अधिकांश अभिभावकले छोराछोरी विद्यालयमा ल्याउन र पु¥याउन समय नभएर यहाँ पढाउन वञ्चित भएका थिए । ’
बस सञ्चालनमा आएपछि विद्याथी र अभिभावक खुसी
विद्यालयमा बस सेवा सुरु भएपछि यस क्षेत्रका विद्यार्थी र अभिभावक खुसि भएका छन् । अभिभावकहरुले यस अघि विद्यालय बस संचालन गर्न माग गर्दै आए पनि कहिकतैबाट सुनुवाई भएको थिएन । विद्यालय बस सेवा सन्चालनमा ल्याईएपछी टाढाटाढाबाट पढन आउन जान विद्यार्थीहरुलाई सुविधा मिलेको अभिभावकहरुले बताएका छन् । जसले गर्दा अभिभावकहरू पनि आफ्ना बालबच्चा गाडीमा विद्यालय जान पाएपछि सुरक्षाको महशुस गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...