News Portal

रेडियो सुन्नुहोस्

खेलाडीलाई प्रतियोगिताको खाँचो छ : दास

११५६ पटक

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले खेलाडीलाई क्रिकेट प्रतियोगिताको खाँचो रहेको बताएका छन्।

महेन्द्रनगर युनाइटेडले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व कप्तान दासले प्रतियोगिताबिना क्रिकेट अगाडि बढ्न नसक्ने बताए।

‘अब नेपाली क्रिकेटको स्तर बढाउन घरेलु प्रतियोगिताको खाँचो छ’, महेन्द्रनगर युनाइटेड टोलीको समेत प्रशिक्षक रहेका दासले भने, ‘क्रिकेटमा चुनौती धेरै छन्, तिनको सामना गरेर अगाडि बढ्नुको विकल्प छैन।’

कैलालीको धनगढीमा शनिबारदेखि सञ्चालन हुने धनगढी प्रिमियर लिग (डिपिएल)मा आफ्नो टोलीलाई सहभागी गराउनुअघि प्रशिक्षक दासले नेपालमा निजी क्षेत्रको लगानीमा क्रिकेट प्रतियोगिता आयोजना हुनु सुखद पक्ष भएको बताए। उनले डिपिएलजस्तै अन्य प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिए।

क्रिकेटमा नेपालले हालै एकदिवसीय मान्यता प्राप्त गरेकाले आगामी दिनमा खेलाडीलाई बढीभन्दा बढी प्रतियोगिता आयोजना गरेर आफ्नो क्षमता प्रदर्शनको मौका दिनुपर्ने प्रशिक्षक दासको भनाइ थियो।

‘अब घरेलु प्रतियोगिता आयोजना गरेर खेलाडी उत्पादनतर्फ लाग्नुपर्छ, क्रिकेटमा सरकारी र निजी क्षेत्रले लगानी बढाउनुपर्छ’, उनले भने।धनगढी प्रिमियर लिग (डिपिएल)का लागि महेन्द्रनगर युनाइटेडले दुईजना भारतीय खेलाडीसमेत अनुबन्ध गरेको छ।

महेन्द्रनगर युनाइटेडले भारतीय खेलाडी पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो। विष्टले दिल्ली डेयरडेभिल्सबाट इण्डियन प्रिमियर लिग (आइपीएल) खेलिसकेका छन् भने मेहराले दिल्लीबाटै रणजी ट्रफी खेलिसकेका छन्।

महेन्द्रनगर युनाइटेड टोलीको कप्तानमा विनोद भण्डारी तथा अन्य खेलाडीमा करण केसी, अविनाश कर्ण, भुवन कार्की, रोहितकुमार पौडेल, आरिफ शेख, आसिफ शेख, नारायण जोशी, अरुण ऐरी, दीपेन्द्र चन्द, प्रणित थापामगर, हरिशंकर साह र रवीन क्षेत्री रहेको महेन्द्रनगर युनाइटेडका सञ्चालक दिनेश मल्लले जानकारी दिए।

copy: setopati

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...