News Portal

रेडियो सुन्नुहोस्

ब्राजिलमा उदाए नेयमारलार्इ माथ गर्ने अर्का युवा, उमेर नपुग्दै रियल म्याड्रिडले गर्यो यस्तो अफर

सिखबर संवाददाता
१३९१ पटक

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडले आगामी सिजनदेखि क्लबमा भित्राउन लागेको ब्राजिलका युवा सेन्सेसनल भिनिसीयस जुनियरलाई ‘नयाँ नेइमार’को रुपमा हेरिएको छ ।१० बर्षको उमेरदेखि फुटबल खेल्न थालेका भिनिसियसको जीवन २०१७ मा पुरै बदलियो ।

भिनिसियसले ब्राजिललाई अन्डर १७ को दक्षिण अमेरिकी च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले । सो प्रतियोगितामा ७ गोल गर्दै उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्नासाथ स्पेनिस महारथी रियल म्याड्रिडको नजरमा परे । रियलले गत मे मै उनलाई ४५ मिलियन युरोमा तुरुन्त साइन गरिहाल्यो । उमेर नपुगेका कारण अब भिनिसियस १८ बर्ष पुग्नासाथ रियलबाट खेल्ने तयारीमा छन् ।

सिनियर टिममा डेभ्यु गर्न बाँकी रहेका भिनिसियसलाई रियलले दिएको अफर सबैका लागि आश्चर्य पर्ने खालको थियो ।भिनिसियस १३ बर्षकै उमेरमा ब्राजिलको अन्डर १५ टिममा परेका थिए । उनले २०१५ को दक्षिण अमेरिकी च्याम्पियनसिपमा ब्राजिललाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले ।सो प्रतियोगितामा उनले ६ खेलमा ६ गोल गरे भने ५ गोल असिस्ट पनि गरे । १७ बर्षको उमेरमा ब्राजिललाई दुई पटक कन्टिनेन्टल च्याम्पियनसिपको उपाधि जिताई सकेका भिनिसियस अब रियल म्याड्रिडमा व्यावसायिक फुटबल खेल्न तयार छन् ।

भिनिसियसले आफु रियल म्याड्रिडका डेभ्यु गर्न अत्यन्त उत्साहित रहेको बताएका छन् । आफुले क्रिस्टियानो रोनाल्डोसँग कुरा गरेको र रोनाल्डोले आफुलाई शुभकामना दिदै रियलमा खेल्न कहिले आउने भनेर सोधेको बताए । आफु रोनाल्डोको खेलबाट प्रभावित भएको बताउदै भिनिसियसले आफ्नो आइडल भने नेइमार नै रहेको बताए ।गत मे मा क्लब फुटबलमा सिनियर टिमबाट डेभ्यु गरेका भिनिसियसले आफ्नो बचपनको हिरो रोबिन्होविरुद्ध खेलेका थिए । सो खेलका बारेमा बोल्दै उनले भने,‘त्यो मेरो र मेरो परिवारको सपना पुरा भएको दिन थियो ।’

रोबिन्होलाई आफु सानो छदा आफ्नो आइडियल मानेपनि उनि नेइमार र रोनाल्डिन्होको खेलबाट बढी प्रभावित रहेको बताउछन् ।भिनिसियस खेलाडीको रुपमा पूर्ण फुटबलरको रुपमा अगाडी आएका छन् । उनि अत्यन्त छिटो छन् र स्किलफुल पनि देखिन्छन् । विरोधी डिफेन्डरलाई अत्यन्तै छिटो झुकाउन उनि माहिर देखिन्छन् ।

साथै ब्राजिलको परम्परागत ड्रीबलिङमा पनि उनि उत्कृष्ट देखिएका छन् । उनले आफ्ना दुवै खुट्टाबाट लामो दुरीमा पास दिन सक्ने क्षमता राख्छन् । आगामी जुलाईमा म्याड्रिडमा आउने तयारी गरेका भिनिसियसलाई ब्राजिलका ‘नयाँ नेइमार’ को उपाधि दिइएको छ ।

आफुलाई नयाँ नेइमारको उपाधि दिएकोमा उनी भन्छन्, ‘मैले यस कुरालाई त्यति ध्यान दिदैन, तर मैले जहिले पनि नेइमारको खेललाई हेरिरहेको हुन्छु । पछिल्लो समय म उनीसँग बढी नै सम्पर्कमा छु ।’तर म अर्को नेइमार भन्दा पनि मेरो आफ्नो करिअर आफ्नै किसिमले बनाउन चाहन्छु जसले सम्पूर्ण ब्राजिललाई खुशी राख्न सकोस् ।

ब्राजिलको क्लब फ्लामेन्गोबाट अहिले सिनियर लेभलमा व्यावसायिक फुटबल खेलिरहेका भिनिसियस धेरै जसो खेलमा बेन्चमा बसेपनि ५३ खेलमा १२ गोल गरेका छन् ।अब उनको लक्ष्य ब्राजिलको सिनियर टिम रहेको उनले बताएका छन् । ब्राजिलको सिनियर टिम अहिले उत्कृष्ट रहेको भन्दै उनले विश्वकप ब्राजिलले नै जित्ने बताए ।

नेइमार, जिसस, कोन्टिन्हो अहिलेका विश्वका उत्कृष्ट फुटबलर रहेको बताउदै ब्राजिलले रसिया विश्वकप जित्ने दाबी गरेका छन् ।रियल म्याड्रिड गएर आफ्नो सपना पुरा भएको भएपनि आफ्नो प्रमुख लक्ष्य छिटो भन्दा छिटो राष्ट्रिय तिमा डेभ्यु गर्ने रहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...