News Portal

रेडियो सुन्नुहोस्

बरिष्ठ संगीतकार बि.बि. अनुरागीका गीत अव पुस्तकमा

सिखबर संवाददाता
१८३१ पटक

प्रसिद्ध सङ्गीतकार, सङ्गीत संयोजक, गीतकार, गायक तथा वाद्यवादक बि. बि. अनुरागीले भरखरै ‘तिम्रै झल्को’ शीर्षकको गीत सङ्ग्रह प्रकाशन गरेका छन् । १ सय २४ गीत सङ्ग्रहित यो पुस्तक बि. बि. अनुरागी सङ्गीत सेवा समाजले प्रकाशन गरेको हो भने पुस्तकको मूल्य रु. ३ सय राखिएको छ ।

विविध भावका गीत समावेश भएको यस पुस्तकमा प्रेमवियोग, प्रेमसमर्पण, प्रकृति प्रेम, जीवनदर्शन, देशभक्ति, तीज, बाल, भूकम्प, शहीदप्रति समर्पित आदि भावका गीत रहेका छन् िपुस्तकका गीतमा कतै भाग्यवादी भावनाहरु त कतै जातीय विभेदबाट उत्पन्न पीडाहरु समेत पढ्न पाइन्छ । एकलदेखि युगल र आधुनिकदेखि लोक तथा दोहोरी गीतले पुस्तकलाई एउटा सुन्दर फूलबारी झैं रङ्गीचङ्गी बनाएका छन् िपुस्तकमा रेकर्ड नभएका र रेकर्ड भई धेरै लोकप्रिय भएका गीत समेत समावेश गरिएको छ । ‘तिम्रै झल्को’ बि. बि. अनुरागीको पहिलो पुस्तक कृति हो ।

लामो समयदेखि सङ्गीत क्षेत्रका प्रमुख सबैजसो विधामा सक्रिय रहँदै आएपनि अनुरागीको प्रमुख विधा भने सङ्गीत र सङ्गीत संयोजन नै हो । तस्बीर, आभार, शीरिष, लक्ष्य, फूल, मोहनी, निरमाया, आकर्षण, विकल्प, शुभयात्रा, रामकसम, तरङ्ग, तरङ्ग (२, संकल्प, समय, दूरी, साक्षी, सगुन, वहार, मेरी पियारी लगायत तीन दर्जन भन्दा बढी एकल सङ्गीतका एल्बम प्रकाशन गरिसकेका अनुरागीले सबै विधाका गरी दुई हजार भन्दा बढी गीतमा सङ्गीत दिएका छन् ।


आधुनिक, लोकदोहोरी, पप, भजन, चलचित्र लगायत नेपालका सबैजसो शैली र भाकाका गीतमा म्युजिक एरेन्ज गरिसकेका बि. बि. ले बाटुली, जीवनलिला, गोर्खा पल्टन, नागबेली, निसानी, दृष्टिकोण, परदेशी लगायत डेढ दर्जन चलचित्रका गीतमा समेत सङ्गीत गरेका छन् ।
युवा उमेरमै पिता रामलाल विश्वकर्माको काँध गुमाएका बि. बि. आमा पवित्रा रसाईलीको माया, प्रेरणा र हौसलाको उर्जा बोकेर लामो समयको कठिन सङ्घर्षबाट आज एक उदाहरणीय सङ्गीतकर्मी मात्र बनेका छैनन् उनले आफ्नो समग्र परिवारलाई नै एउटा घरानाको रुपमा अगाडि बढाईरहेका छन् ।  साभार म्यूजिक खवर  

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...