News Portal

रेडियो सुन्नुहोस्

कलाकार शम्भुराज थापा (बखते) को दु:खद निधन

झुलेनी संवाददाता२०७८ भाद्र ५,
११९६ पटक
२०७८ भाद्र ५,

काठमाडौं : कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । उनको आज बिहान निधन भएको हो । कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले उनको निधन भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिए । उनलाइ ललितपुरको पाटन अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिए थियो । थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो l

पारिवारिक स्रोतका अनुसार कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो । कलाकार थापा पछिल्लो समय टेलिफिल्म हल्का रमाइलो र गोलमालमा देखिँदै आउनुभएको थियो । उहाँलाई ९ दिनसम्म भेण्टिलेटरमा राखियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि १९ दिन अगाडि अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण गत मंगलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

कलाकार तथा निर्देशक जीवन थापाले भन्नुभयो दाईलाई जति प्रयास गरेपनि बचान सकिएन । ‘१९ दिन अगाडि अस्पताल भर्ना हुनुभएका थापाको गत मंगलबार दिनसम्म अवस्था सामान्य नै रहेको थियो’ जीवनले भन्नुभयो ‘मंगलबार साँझबाट श्वास प्रश्वासलगायत केही समस्या देखिएकोले उहाँलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको थियो ।’

भेन्टिलेटर ९ दिन राखियो । कुनै समय केही सुधार भएको देखिन्थ्यो । शम्भुराज थापा पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्रमा अभिनय गर्दै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

कलाकार एवम् निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले उनको निधन भएको जानकारी दिदै आफ्नो फेसबुक स्टाटस लिख्दै भाबुक पोस्ट गरका हुन् । त्यस्तै हास्यकलाकार शिबहरिले पनि यो खबरले आफु निकै मर्माहित भएको भन्दै फेसबुक मार्फत जानकारी दिएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...