News Portal

रेडियो सुन्नुहोस्

कलाकार शम्भुराज थापा (बखते) को दु:खद निधन

झुलेनी संवाददाता२०७८ भाद्र ५,
१०७४ पटक
२०७८ भाद्र ५,

काठमाडौं : कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । उनको आज बिहान निधन भएको हो । कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले उनको निधन भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिए । उनलाइ ललितपुरको पाटन अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिए थियो । थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो l

पारिवारिक स्रोतका अनुसार कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो । कलाकार थापा पछिल्लो समय टेलिफिल्म हल्का रमाइलो र गोलमालमा देखिँदै आउनुभएको थियो । उहाँलाई ९ दिनसम्म भेण्टिलेटरमा राखियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि १९ दिन अगाडि अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण गत मंगलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

कलाकार तथा निर्देशक जीवन थापाले भन्नुभयो दाईलाई जति प्रयास गरेपनि बचान सकिएन । ‘१९ दिन अगाडि अस्पताल भर्ना हुनुभएका थापाको गत मंगलबार दिनसम्म अवस्था सामान्य नै रहेको थियो’ जीवनले भन्नुभयो ‘मंगलबार साँझबाट श्वास प्रश्वासलगायत केही समस्या देखिएकोले उहाँलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको थियो ।’

भेन्टिलेटर ९ दिन राखियो । कुनै समय केही सुधार भएको देखिन्थ्यो । शम्भुराज थापा पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्रमा अभिनय गर्दै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

कलाकार एवम् निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले उनको निधन भएको जानकारी दिदै आफ्नो फेसबुक स्टाटस लिख्दै भाबुक पोस्ट गरका हुन् । त्यस्तै हास्यकलाकार शिबहरिले पनि यो खबरले आफु निकै मर्माहित भएको भन्दै फेसबुक मार्फत जानकारी दिएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...