News Portal

रेडियो सुन्नुहोस्

बल्खु तरकारी बजार डुवानमा : अनुमािनत क्षति एक कराेड

झुलेनी नेटवर्क २०७८ भदौ २१, काठमाडौं
८६६ पटक
२०७८ भदौ २१, काठमाडौं

गएरातिको बाढीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ ।

बल्खु तरकारी बजारका सन्चालक मोहन बस्नेतले अनलाइनखबरसँग भने, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन ।’

बाढी पसेको घटनाबारे प्रत्यक्षदर्शी बस्नेतको भनाइ –

बिहान दुई बजेदेखि नै बजार खुलेको थियो । तीन बजेतिरबाट घना वर्षा सुरु भयो । भारी वर्षका कारण बाहिरबाट आएका खुद्रा बिक्रेतालाई सामान बाहिर लैजान कठिन भइरहेको थियो तर भित्री बजारमा खासै समस्या थिएन ।

साढे तीन बजेतिर बागमती नदी उर्लियो भन्दै बजारमा हल्ला आयो । हामीले यसो खोलातिर हेर्दा बिशाल भएर नदी बगेको देखियो तर नदी सीमाभित्रै थियो । बिहान चार बजेसम्म पनि नदीले पुरानो धार नाघेको थिएन ।

बजारमा किनमेल चलिरहेकै थियो । बाहिरबाट तरकारीका गाडी आउने, तरकारी गोदाममा राख्ने, तरकारी लिन आएका खुद्रा व्यापारीले आफ्नो माल सामान जोख्ने काम चलिरहेकै थियो तर ४ः३० बजे अप्रत्याशित रुपमा बागमती नदी बल्खु बजारमै पस्यो ।

नदीको बहाब नियली रहेकै थियौं तर नदीको भेल नै आकस्मीक बजारमा छिरेपछि भागाभाग भयो । केही मिनेटमै बल्खु तरकारी बजार पूर्णरुपमा ध्वस्त भयो । बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ । बजारमा रहेका तरकारीको किराना पसलहरु सबै ध्वस्त भएका छन् । सबै बगेका छन् । कति किराना, तरकारी बगायो भन्ने हामी विवरण संकलन गरिरहेका छौं । बजारभित्र रहेको आलु, प्याज र लसुनको गोदाम पुरै डुबेको छ ।

बाढी लगत्तै भागाभाग भयो । केहीलाई उद्धार पनि गरेका कारण मानवीय क्षति भएको अहिलेसम्म हाम्रो जानकारीमा छैन । बजारमा रहेका दुई वटा छाप्रा बगाएको छ । फोहोर बोक्ने एउटा कन्टेनर पनि बाढीले बगाएको छ । तरकारी बोक्ने र यहाँको पार्किङमा राखिएका १५ वटा सवारी साधनलाई हामीले बल्ल–बल्ल बगाउनबाट जोगाएका छौं । बाढी पसेपछि ती गाडिलाई डोरी लगायतको साधनको प्रयोग गरेर हामीले बाँधेका थियौं । ती अहिले क्रेनको मद्दतमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन । हामी अहिले पनि उद्धारमै छौं ।

(बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतसँग नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित । तस्वीरहरूःआर्यन धिमाल )

 

 

 

 

अनलाइनखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...