News Portal

रेडियो सुन्नुहोस्

बल्खु तरकारी बजार डुवानमा : अनुमािनत क्षति एक कराेड

झुलेनी नेटवर्क २०७८ भदौ २१, काठमाडौं
७२८ पटक
२०७८ भदौ २१, काठमाडौं

गएरातिको बाढीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ ।

बल्खु तरकारी बजारका सन्चालक मोहन बस्नेतले अनलाइनखबरसँग भने, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन ।’

बाढी पसेको घटनाबारे प्रत्यक्षदर्शी बस्नेतको भनाइ –

बिहान दुई बजेदेखि नै बजार खुलेको थियो । तीन बजेतिरबाट घना वर्षा सुरु भयो । भारी वर्षका कारण बाहिरबाट आएका खुद्रा बिक्रेतालाई सामान बाहिर लैजान कठिन भइरहेको थियो तर भित्री बजारमा खासै समस्या थिएन ।

साढे तीन बजेतिर बागमती नदी उर्लियो भन्दै बजारमा हल्ला आयो । हामीले यसो खोलातिर हेर्दा बिशाल भएर नदी बगेको देखियो तर नदी सीमाभित्रै थियो । बिहान चार बजेसम्म पनि नदीले पुरानो धार नाघेको थिएन ।

बजारमा किनमेल चलिरहेकै थियो । बाहिरबाट तरकारीका गाडी आउने, तरकारी गोदाममा राख्ने, तरकारी लिन आएका खुद्रा व्यापारीले आफ्नो माल सामान जोख्ने काम चलिरहेकै थियो तर ४ः३० बजे अप्रत्याशित रुपमा बागमती नदी बल्खु बजारमै पस्यो ।

नदीको बहाब नियली रहेकै थियौं तर नदीको भेल नै आकस्मीक बजारमा छिरेपछि भागाभाग भयो । केही मिनेटमै बल्खु तरकारी बजार पूर्णरुपमा ध्वस्त भयो । बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ । बजारमा रहेका तरकारीको किराना पसलहरु सबै ध्वस्त भएका छन् । सबै बगेका छन् । कति किराना, तरकारी बगायो भन्ने हामी विवरण संकलन गरिरहेका छौं । बजारभित्र रहेको आलु, प्याज र लसुनको गोदाम पुरै डुबेको छ ।

बाढी लगत्तै भागाभाग भयो । केहीलाई उद्धार पनि गरेका कारण मानवीय क्षति भएको अहिलेसम्म हाम्रो जानकारीमा छैन । बजारमा रहेका दुई वटा छाप्रा बगाएको छ । फोहोर बोक्ने एउटा कन्टेनर पनि बाढीले बगाएको छ । तरकारी बोक्ने र यहाँको पार्किङमा राखिएका १५ वटा सवारी साधनलाई हामीले बल्ल–बल्ल बगाउनबाट जोगाएका छौं । बाढी पसेपछि ती गाडिलाई डोरी लगायतको साधनको प्रयोग गरेर हामीले बाँधेका थियौं । ती अहिले क्रेनको मद्दतमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन । हामी अहिले पनि उद्धारमै छौं ।

(बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतसँग नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित । तस्वीरहरूःआर्यन धिमाल )

 

 

 

 

अनलाइनखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...