News Portal

रेडियो सुन्नुहोस्

काङ्ग्रेस प्यूठानका उपसभापतीद्वारा प्रहरीमा भर्ति नगराएको खण्डन (बिज्ञप्तिसहित)

झुलेनी नेटवर्क२०७८ भाद्र २६
१५४४ पटक
२०७८ भाद्र २६

नेपाली काङ्ग्रेस प्यूठानका उपसभापति बद्रि लम्सालले आफ्ना कार्यकर्तालाइ प्रहरीमा भर्ति गराएको भन्ने विषयलाइ लिएर बिज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका छन् । केहि दिन अगाडी ऐरावति गाउँपालिकाका नेविसंघ कार्यकर्ता नरेन्द्र गुरुङले सामाजिक सञ्जालमा उपसभापति लम्साल र गृहमन्त्री बालकृष्ण खाँडको नाम जोडेर प्रहरी भर्ना छनौट गर्न सफल भएको दाबि सहित पोस्ट गरेका थिए ।

लम्सालद्वारा जारी बिज्ञप्तिमा नेपाल प्रहरीमा छनौटको लागि सिफारिस गरीएको भन्ने भ्रमपूर्ण र कपोलकल्पित कुरा भएको उल्लेख गरिएको छ । लम्सालले बिज्ञप्तिमा प्रस्ट पार्दै यसो भनेका छन, “यो नितान्त काङ्ग्रेसको आसन्न १४ ‌ओ महाधिवेशनमा आफूलाइ बदनाम गराइ पराजित गर्ने नियतका साथ गरीएको हुँदा यस्ता भ्रामक समाचारको पछी नलाग्न अनुरोध गर्दछुँ ।” सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्ने गुरुङले आफ्नो चरित्र हत्या गरेको हुँदा निजलाइ कानुनि कार्वाहिका लागि अपिसल समेत गरिएको छ ।

भ्रामक पोस्ट गर्ने गुरुङ शनिवार बिहान जुम्रिबाट पक्राउ परेका छन ।

हेर्नुहोस बिज्ञप्तिको पुर्ण पाठ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...