News Portal

रेडियो सुन्नुहोस्

पुथाउत्तरगंगा–१ का वडाध्यक्ष गुरुङको निधन:रुकुम पूर्व

झुलेनी नेटवर्क २०७८ असाेज २५ रुकुम पुर्व
११२१ पटक
२०७८ असाेज २५ रुकुम पुर्व

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका–१ का वडाध्यक्ष मकरबहादुर गुरुङको निधन भएको छ ।

५४ वर्षकाे उमेरमा वडाध्यक्ष गुरुङको सोमबार (आज) बिहान मैकोटस्थित घरमै निधन भएको हो । ३ वर्षदेखि कलेजो सम्बन्धि रोगले ग्रस्त भएपछि २ वर्षदेखि नै गुरुङ उपचाररत रहेकाे कार्यवाहक वडाध्यक्ष मग कामीले जानकारी दिए । मृतक गुरुङका श्रीमती, २ छोरा र १ छोरी छन् ।

उनी जनयुद्ध कालमा जनमुक्ति सेनाको विग्रेड सह–कमाण्डरसम्म पुगेका थिए भने हाल नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सचिवालयका वरिष्ठ सदस्य रहेका थिए ।

२०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा गुरुङ नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...