News Portal

रेडियो सुन्नुहोस्

सात वर्षीया बालिकाको हत्या : सुर्खेत

झुलेनी नेटवर्क २०७८ कार्तिक २३, कर्णाली
५०८ पटक
२०७८ कार्तिक २३, कर्णाली

लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।
लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा मृत्त अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बालिका आइतबार बिहान १०ः०० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी तर घर नफर्केपछि परिवारले सोमबार बिहान ९ः०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो । खबर प्राप्त भएलगत्तै इप्रका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच जना प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...