सर्वोच्च अदालत भित्र प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुलाई संयमित हुन प्रहरीले अपिल गरेको छ ।
धर्नामा बसेका कानुन व्यवसायीहरु त्यहाँबाट पनि उठेर अगाडि बढ्न खोजेपछि स्थिति तनावपूर्ण छ । सोही क्रममा प्रहरीले माइकिङ गर्दै संयमित हुन आग्रह गरेको हो । अन्यथा बल प्रयोग गर्ने प्रहरीले चेतावनी दिएको छ ।
अनलाइनखबर