News Portal

रेडियो सुन्नुहोस्

सातौं नेपालगन्ज म्याराथनको उपाधि किरण र सन्तोषी

 रुपा गहतराज२०७८ मंसिर ४, नेपालगन्ज
७४० पटक
२०७८ मंसिर ४, नेपालगन्ज

नेपालगन्जमा शनिबार भएको सातौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका किरण सिंह बोगटी तथा महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारेका छन् ।

किरणले निर्धारित दूरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । सन्तोषीले १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेकी हुन् । नेपालगन्जमा उपाधि जितेका किरण र सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेता हुन् ।

 

१३ औं सागका स्वर्णधारी किरणले त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावतलाई पछि पार्दै उपाधि चुम्न सफल भए ।१३ औं सागकी स्वर्णपदक विजेता सन्तोषीले साविक विजेता पुष्पा भण्डारीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

दोस्रो बनेका नरेन्द्रले २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । एपीएफका सन्तोषविक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सकेन्डमा पूरा गर्दै तेस्रो बने । आर्मीका खडकबहादुर खड्काले २ घण्टा ३३ मिनेट ४५ सकेन्डमा पूरा गर्दै चौथो बनेका थिए । आर्मीका देवराज महतरा पाँचौं, पाँचथरका प्रताप धमसङ र प्यूठानका हिमु गिरी सातौं बनेका थिए ।

 

साविक विजेता पुष्पा भण्डारीले १ घण्टा १९ मिनेट १८ सकेन्डमा दूरी पार गर्दै दोस्रो भइन् । तेस्रो भएकी सुर्खेतकी विन्दु हमालले १ घण्टा ३६ मिनेट ३९ सकेन्डमा पूरा गरेकी थिइन् । कन्चनपुरकी सरस्वती बोहरा चौथो, साधना शाही पाँचौं, बर्दियाकी कल्पना थारु छैटौं र सुखर्तेकी चन्द्रमाया राउत छैटौं र कोहपुरकी पुष्पा खड्का सातौं स्थान हासिल गरिन् ।

 

म्याराथनतर्फ विजेताले एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिएको छ । त्यसैगरी हाफ म्याराथन (महिला) तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पााचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार प्राप्त गरे ।

यो वर्ष म्याराथनका सबै विधाको नगद पुरस्कार राशिमा वृद्धि गरिएको हो ।

सातौं नेपालगन्ज म्याराथनमा अभिनेता राजेश हमाल सहभागी थिए ।नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष नेपालगन्जमा म्याराथन हुने गर्दछ । यसपालि शनिबार पार्नका लागि घोषित मितिभन्दा एक दिनअघि म्याराथन आयोजना गरिएको हो । धारा सातौं नेपालगन्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले गरे ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भूमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए।

त्यस्तै, महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छन् । पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् ।

 

कान्तिपुर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...