News Portal

रेडियो सुन्नुहोस्

फेरि सभापति भए अझ राम्रो गर्नेछु : देउवा

झुलेनी नेटवर्क२०७८ मंसिर २०, काठमाडौँ
९७९ पटक
२०७८ मंसिर २०, काठमाडौँ

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको पनि बताए । उनले भने, ’म पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो। म प्रधानमन्त्री पनि छु। यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु। त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु। तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु। एकपटक मलाई सहयोग गरिदिनुस् ।’

 

त्यस्तै देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने बताएका छन् । कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दुःख नदिने उनले बताएका छन् । उनले अहिले कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको बताए ।

प्रधानमन्त्री देउवाले भने, ’कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन। अहिले कोरोनको नयाँ भेरिएन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन। कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन। हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौ। तर त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैन।’

 

कान्तिपुर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...