News Portal

रेडियो सुन्नुहोस्

देशभर मल अभाव : गोदाममै मल रित्तियो, किसान रित्तो हात फर्किन बाध्य

झुलेनी नेटवर्क
७०९ पटक

देशभर मलको अभाव भएको छ । गहुँ र तरकारी बालीका लागि चाहिने मल नपाएको किसानले गुनासो गरेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री गर्छन् । तर, यी कम्पनीका गोदाममै मल रित्तिएपछि सहकारीले पाएका छैनन् ।

सप्तरीमा गएको बुधवार मल मागेर किसानले जिल्ला प्रशासन कार्यालय नै घेराउ गरेका थिए । उनीहरुको आन्दोलनपछि सप्तरीका १८ पालिकामा ३ सय ७५ बोरा युरिया र ३ सय ४४ बोरा डीएपी पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर यो मल पनि जिल्लाका लागि पर्याप्त छैन ।

कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रबन्धक सोनेलाल मुर्मुले सोझै किसानलाई मल वितरण गर्न नसकिने र अहिले मल पर्याप्त नरहेको बताउनुभयो । पालिकाको सिफारिसमा मल दिँदै आएको उहाँको भनाइ छ । गहुँ छर्ने बेलामा डीएपी र अहिले उम्रिएपछि युरिया मल राख्नुपर्नेमा देशभर मलको अभाव छ ।

देशभर एक लाख ३० हजार टन रासायनिक मलको माग रहेको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अनुसार गहुँ र तरकारी खेतीका लागि यो सिजनमा ६० हजार टन डीएपी र ७० हजार टन युरिया माग छ । अहिले कृषि सामग्रीको गोदाममा नौ हजार आठ सय टन युरिया र तीन हजार एक सय २२ टन डीएपी तथा साल्ट ट्रेडिङसँग नौ हजार एक सय ६६ टन युरिया गरी कुल २२ हजार १ सय ३८ टन मात्रै रासायनिक मल मौज्दात छ ।

१५ हजार टन युरिया आपूर्तिको क्रममा छ । चालु वर्षका लागि ३ लाख ९ हजार टन खरिदको स्वीकृति भए पनि दुई लाख ३२ हजार टन मल आउने टुङ्गो नै छैन । ७६ हजार पाँच सय टन मात्रै आपूर्ति भएको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य निरन्तर बढेपछि आपूर्तिकर्ताले नल्याएको कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोख्रेलले बताउनुभएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...