News Portal

रेडियो सुन्नुहोस्

२६ प्रतिशत बढ्याे यस वर्ष विद्युत माग

झुलेनी नेटवर्क२०७८ पुष ४, काठमाडौं
६८४ पटक
२०७८ पुष ४, काठमाडौं

न्युनतम् तापक्रम कम भएसँगै विद्युत खपतको दर वृद्धि भएको छ । विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार यसै सातादेखि २६ प्रतिशतले विद्युत माग बृद्धि भएको हो ।

गत वर्षको मंंसिर २७ गते एक हजार २१७ मेगावाट माग रहेकोमा यस बर्ष एक हजार ५३९ मेगावाट भएपछि गतवर्षको तुलनामा ३२२ मेगावाट अर्थात पिक डिमाण्डमा २६.५ प्रतिशत वृद्धि भएको प्राधिकरणले जनाएको छ । विद्युतको आन्तरिक माग ह्वात्तै बढेसँगै माग धान्न नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत आयत गरेर पनि माग पूर्ति गर्दै आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । यसरी नै खपत वेद्धि भएमा असारसम्ममा पिक डिमाण्ड दुई हजार मेगावाट पुग्ने उहाँले बताउनुभयो ।

विद्युत वितरणका लागि सव–स्टेशनहरु निर्माणमा बृद्धि गरी वितरणलाई प्रभावकारी बनाउँदै विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा वृद्धि आएपछि खपतमा पनि बृद्धि भएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएको थियो । विद्युतीय गाडीको प्रयोगमा समेत वृद्धि भएको पाइएको छ ।

बर्खाको समयमा आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराउने नीति प्राधिकरणले लिएको थियो । प्राधिकरणका अनुसार काठमाडौं उपत्यकामा मात्र ९० मेगावाट विद्युत माग बृद्धि भएको छ । गतवर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ । देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको घिसिङले बताउनुभयो ।

ऊर्जाका मागका आधारमा मङ्सिर २७ गते विद्युत खपत दुई करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको दुई करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । उर्जाका आधारमा विद्युत खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशत बढी हो । विद्युतको माग अहिलेकै रुपमा वृद्धि भयो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्ने प्राधिकरणो आकलन छ ।

 

गाेरखापत्र

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...