News Portal

रेडियो सुन्नुहोस्

कपिलवस्तुमा कार दुर्घटना एककाे मृत्यु, तीन घाइते

झुलेनी नेटवर्क२०७८ पुस १४, काठमाडौं
५१५ पटक
२०७८ पुस १४, काठमाडौं

कपिलवस्तुमा बस र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा भएको दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाणगंगा नगरपालिका–२ घर भएका पाण्डे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको जितपुर शाखा प्रमुख एवम् क्लस्टर हेड हुन् ।

कारमा सवार वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्मा र कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनाल घाइते छन् । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गएराति नौ बजेतिर चारनम्बरबाट गोरुसिंगे जाने क्रममा कारलाई शुरुमा ट्रकले ठक्कर दिएको र लगत्तै ना ५ ख ३३८७ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको थियो ।

सुरुमा दुर्घटनामा घाइते भएकाहरुलाई चार नम्बर सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि गम्भीर घाइते पाण्डेलाई थप उपचार गर्न रुपन्देहीको बुटवलस्थित क्रिमसन अस्पताल लगिएको थियो । उनको राति १० बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

अर्का घाइते वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्माको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ ।

कारमा सवार अर्का घाइते कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनालको पनि भैरहवामा उपचार जारी छ । छातीमा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार प्यूठानको नौबाहिनी गाउँपालिका ७ का ३३ वर्षीय जोगेन्द्र रोका पनि घाइते भएका छन् । उनको मुखमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । रोकाको कपिलवस्तुको चार नम्बर स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

online khabar

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...